विशेष रिपोर्ट

इटहरीका जीवन पराजुली उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

इटहरी : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ महाधिवेशनअन्तर्गत भूगोल क्लस्टरबाट इटहरीका व्यवसायी जीवन पराजुली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्षसमेत रहेका पराजुलीले १६ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।
कोशी प्रदेशका ३० मतदातामध्ये भएको प्रतिस्पर्धामा उद्योग वाणिज्य संघ त्रियुगा, उदयपुरका रमेश रसाइली पनि १५ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
भूगोल क्लस्टरतर्फ ६ जना उम्मेदवार रहेकामा २ पदका लागि  प्रतिस्पर्धा भएको थियो।

मधेश प्रदेशबाट विकास कुमार सारडा (उद्योग वाणिज्य संघ सिरहा, लहान) र अमर नाथ साह (सिरशा उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट सविन श्रेष्ठ (ललितपुर उद्योग वाणिज्य संघ) र प्रकाश मानन्धर (काभ्रे उद्योग वाणिज्य संघ) निर्वाचित भएका छन्

Sanjip Timsina

Sanjip Timsina

About Author

सन्जिप तिम्सिना विगत ६ वर्षदेखि कोशी प्रदेशमा पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा आवद्ध रहनुभएको छ। उहाँले सुरुदेखि नै समाजका विभिन्न समस्या, जनचासोका विषय तथा सामाजिक मुद्दाहरूलाई उजागर गर्दै पत्रकारितामार्फत आवाज उठाउँदै आउनुभएको छ। साथै, उहाँ पर्यटन क्षेत्रसँग पनि सक्रिय रूपमा जोडिनु भएको एक कलम चलाउने पत्रकार हुनुहुन्छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विशेष रिपोर्ट

इटहरीको आपगाछीस्थित काका भतिज रिसोर्ट एण्ड बारले मनायो पहिलो वार्षिकोत्सव

इटहरी | इटहरी वडा नम्बर १ शान्ति चोक स्थित सोल्टी वेस्टएन्ड अगाडि रहेको काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो
राजनीति राष्ट्रिय समाचार विशेष रिपोर्ट

अब सरकारका लागि छुट्टै ई-मार्केटप्लेस, सरकारी निकायले पनि सोझै अनलाइनबाट सरसामान किन्न सक्ने

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई आधुनिकीकरण र सरल बनाउन सरकारी ई-मार्केटप्लेसको नयाँ अवधारणा ल्याएको छ । नेपाल राजपत्रमा हालै