राष्ट्रिय समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

संगीता राई  धरान | वैशाख २४ – धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समयआन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।  केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि अहिलेलोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो ।  पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा (वाटर फाउन्टेन), हरियाली वातावरण, फूलबारी तथा चौतारालेपर्यटकलाई विशेष रूपमा आकर्षित गर्ने गरेका छन्। सामाजिक सञ्जालमा पार्कका तस्बिर तथा भिडियोहरूभाइरल भएपछि यहाँ आउने पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। सिराहाको धनगढीमाई नगरपालिकाबाट घुम्न आउनुभएका हरिनारायण चौधरीले धरान धेरैपटक आए पनियसपटक पहिलोपटक श्रम संस्कृति पार्क घुम्दा निकै रमाइलो लागेको बताउनुभयो ।  पहिले ‘ओशो पार्क’ र ‘बीपी पार्क’का रूपमा चिनिने उक्त क्षेत्र अहिले श्रम संस्कृति पार्क नामले परिचित छ । श्रमदान अभियानमार्फत विकास गरिएको यस क्षेत्रमा एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिकपार्क लगायतका संरचनाहरू निर्माण गरिएका छन्। साथै, गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ पनि पर्यटकको अर्को आकर्षण बनेको छ ।...
राष्ट्रिय समाचार विशेष रिपोर्ट शिक्षा

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ। सङ्घीय सरकारले...
राजनीति राष्ट्रिय समाचार विशेष रिपोर्ट

अब सरकारका लागि छुट्टै ई-मार्केटप्लेस, सरकारी निकायले पनि सोझै अनलाइनबाट...

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई आधुनिकीकरण र सरल बनाउन सरकारी ई-मार्केटप्लेसको नयाँ अवधारणा ल्याएको छ । नेपाल राजपत्रमा हालै...