विशेष रिपोर्ट
मोरङ | विराटनगरमा रहेको अमेरिकन कर्नर नयाँ स्थानबाट औपचारिक रूपमा पुनःसञ्चालनमा आएको छ ।मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (पुसोम) मा स्थानान्तरण गरिएपछि मे ७ मा यसकोपुनःसुरुआत गरिएको हो । यो सँगै अमेरिकन कर्नर कोशी प्रदेशका युवाका लागि सिकाइ, सहभागिता र अवसरको प्रमुख केन्द्रका रूपमा थपसशक्त बनेको बताइएको छ । नयाँ स्थानमा सञ्चालनमा आउनुले अमेरिकी दूतावासकोे अमेरिकन स्पेसेससञ्जालले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र विश्वव्यापी अवसरमा पहुँच विस्तार गर्ने प्रतिबद्धता निरन्तर अगाडिबढाएको संकेत गरेको जनाइएको छ । आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, सञ्चारकर्मी तथा समुदायका विभिन्न सरोकारवालाको सहभागिताथियो । कार्यक्रमको अन्त्य सहकार्य र आगामी साझेदारीलाई लक्षित नेटवर्किङ सत्रसहित गरिएको थियो । अब पुसोमभित्र सञ्चालन हुने अमेरिकन कर्नरले विद्यार्थी, शिक्षक र युवा पेशाकर्मीलाई थप प्रभावकारी सेवा दिनेअपेक्षा गरिएको छ । यहाँ अंग्रेजी भाषा सिकाइ, डिजिटल उपकरणको निःशुल्क पहुँच, व्यवसायसम्बन्धी तालिमतथा कार्यक्रम, शैक्षिक सामग्री र एजुकेसन यूएसए सेवा उपलब्ध गराइनेछ । युवामा सीप विकास र अन्तर्राष्ट्रिय अनुभवप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा युवा नेतृत्वविकास, उद्यमशीलता, नवप्रवर्तन, डिजिटल सीप तालिम र नागरिक सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेजनाइएको छ । पुसोमसँगको सहकार्यले व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि शैक्षिक स्रोत, संस्थागत सहयोग र समुदायसँगकोसम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको छ । पुनःसञ्चालन कार्यक्रममा पुसोमका विद्यार्थी स्वयंसेवकलाई ‘स्टुडेन्ट एसोसिएट्स’ का रूपमा परिचय गराइएकोथियो । उनीहरूले कार्यक्रम सञ्चालन, सहपाठी सहभागिता र जनचेतनामूलक पहुँच विस्तारमा सक्रिय भूमिकाखेल्नेछन् । यसले अमेरिकन कर्नरलाई युवामैत्री र समुदायमुखी बनाइराख्ने अपेक्षा गरिएको छ ।