बोल नेपाल

फोटो फिचर (Photo Gallery) भिडियो (Video News) मनोरञ्जन मनोरञ्जन (Entertainment) मल्टिमिडिया (Multimedia) समाज

फिल्म ‘वर्णशङ्कर नारदे’को अवधारणा कपि गरे कानुनी उपचार खोज्ने निर्देशक...

इटहरी/ चलचित्र विकास बोर्डबाट इजाजत प्राप्त गरिसकेको नयाँ नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक, निर्देशक तथा निर्माता रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य वा अवधारणा अनुमति बिना प्रयोगनगर्न कडा चेतावनी दिएका छन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्ट्याटस लेख्दैउनले विश्वास र आत्मीयताका आधारमा आफूले सुनाएको कथावस्तु चोरी भए कानुनी मार्ग अपनाउने घोषणागरेका हुन् । निर्देशक रितेशका अनुसार फिल्मको लेखन कालमा उनले केही साथीहरूसँग कथावस्तु, पात्र र दृश्यहरूका बारेमाछलफल गर्दै भविष्यमा सहकार्य गर्ने समझदारी गरेका थिए । हाल ती साथीहरू आफ्नै फिल्म निर्माण, सुटिङ, कार्यशाला र प्रदर्शनको तयारीमा सक्रिय रहेको उल्लेख गर्दै उनले अरूको सिर्जना अनुमति बिना प्रयोग गर्नु चोरी रअनैतिक कार्य भएको बताएका छन् । उनले ९ महिना अघि विकास बोर्डबाट निर्माण इजाजत लिएको सक्कलप्रमाणपत्र सार्वजनिक गर्दै यो कुराको उल्लेख गरेका हुन् । फिल्मको निर्माण कार्य भने अझै सुरु भइसकेको छैनअर्थात् यो फिल्म हाल प्रि प्रोडक्सनकै क्रममा छ । उनले, “सिर्जना भनेको मौलिकता हो । अरूको बौद्धिक सम्पत्ति, कथा, दृश्य वा अवधारणालाई अनुमति बिनाप्रयोग गर्नु सिर्जना होइन, त्यो चोरी हो । यदि मैले साझा गरेका कथा, दृश्य वा अवधारणाहरू तपाईँहरूकोचलचित्रमा प्रयोग गरिएको पाइयो भने, म कानुनी उपचार खोज्न बाध्य हुनेछु ।” भनेका छन् । उनले आवश्यक परेफिल्मकर्मीका सम्बन्धित संघ–संस्था, निर्देशक समाज र चलचित्र विकास बोर्डसम्म पुगेर आफ्नो बौद्धिकअधिकारको रक्षा गर्ने स्पष्ट पारेका छन् । साथै, आफ्ना साथीहरूलाई यदि त्यस्ता कुनै समान सामग्री प्रयोगगरिएको भए पुनर्विचार गर्न र विश्वासमाथि चोट नपुर्‍याउन समेत आग्रह गरेका छन् । फिल्मको शीर्षक र पात्रबारे प्रष्ट पार्दै निर्देशकले ‘वर्णशङ्कर नारदे’ कुनै साधारण पात्र नभएर समाजमा पहिचानखोजिरहेको, अपहेलना सहँदै बाँचेको र परिस्थितिले निर्माण गरेको एउटा जटिल पात्र भएको बताएका छन् । योफिल्म इलाम र पाँचथरको सीमावर्ती क्षेत्रको पृष्ठभूमिमा आधारित रहनेछ भने यसले खस आर्य, क्षेत्री, बाहुन, तामाङ, विश्वकर्मा, भुजेल, राई, लिम्बू लगायत विभिन्न समुदायबीचको सामाजिक एकता, सम्बन्ध, अन्तरविरोध रसमयले सिर्जना गरेका जटिल अवस्थाहरूलाई प्रस्तुत गर्नेछ । यो फिल्म मार्फत पूर्वेली भाषा, संस्कृति, रहनसहन, चालचलन र सामाजिक मनोविज्ञानलाई कथानक शैलीमार्फत पर्दामा उतारिनेछ...
कोशी प्रदेश मल्टिमिडिया (Multimedia)

सुनसरीका चार पत्रकार सम्मानित

विराटनगर | नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औँ साधारण सभामा जिल्लाका चार जना पत्रकारलाईसम्मान तथा पुरस्कार प्रदान गरेको छ । सम्मानित हुनेमा अग्रज पत्रकार डम्बर बहादुर थापा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रश्मि प्रधान, अग्रजपत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३बाट पत्रकार शशि कोइराला, प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट विवेक भट्टराई ररेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट सुनिल चौधरी सम्मानित हुनुभएको छ । उहाँलाई नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, बरिष्ठ पत्रकार हर्ष सुब्बा, धरान उपमहानगरकोकार्यवाहक नगर प्रमुख आईन्द्र विक्रम बेघा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । वर्तमान समयको पत्रकारिता चुनौतीपूर्ण अवस्थामा पुगेको अध्यक्ष शर्माले बताउनुभयो ।पछिल्लो समय लोकतन्त्रर प्रेस स्वतन्त्रता माथि विभिन्न ढङ्गले प्रहार भइरहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।  संसदीय सुनुवाइ समिति लगायत केही संसदीय समितिहरूमा पत्रकारलाई रिपोर्टिङ गर्न रोक लगाइएकोप्रतिआपत्ति जनाउँदै एकाध पत्रकारले आचारसंहिता उल्लङ्घन गरेकै आधारमा सबै सञ्चारकर्मीलाई सूचनाकोपहुँचबाट वञ्चित गर्न नहुने उहाँले धारणा राख्नुभयो ।  स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले पत्रकारको सुरक्षा र अधिकारप्रति आफू प्रतिबद्धरहेको कार्यवाहक नगर प्रमुख बेघाले बताउनुभयो । पत्रकारलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन पुनः सञ्चालन, पत्रकार फेलोसिप, सञ्चारकर्मीकोहित तथा संरक्षणका विषयमा उपमहानगर गम्भीर रहेको उहाँले बताउनुभयो ।
कोशी प्रदेश प्रविधि (Technology) मल्टिमिडिया (Multimedia) विज्ञान शिक्षा

सरकार तानाशाह भयो, अब आन्दोलनमा होमिन्छौँ: अध्यक्ष शर्मा

विराटनगर | नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार तानाशाह प्रवृत्तिमा उन्मुख भएको आरोपलगाएकी छन् । विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्षशर्माले सरकारले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिइन् । विज्ञापन वितरणमा सरकारले देखाएको रवैयाप्रति अध्यक्ष शर्माले सरकारले आफ्नो निर्णय नसच्याउञ्जेलआन्दोलन जारी रहेको बताइन् । सरकार तानाशाह बन्दै गएको बताएकी अध्यक्ष शर्माले सरकारले तानाशाह हुँदैमिडिया कब्जा गर्ने प्रयासमा रहेको उल्लेख गरिन् । करिब दुई–तिहाई बहुमतको सरकार नै लोकतन्त्रको लागि संकट बन्न सक्ने देखिएको उनको भनाई छ । उनलेसरकारको निर्णयप्रति पत्रकारहरु एक हुँदै आन्दोलनमा होमिने चेतावनी दिइन् । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा देश सञ्चारका अध्यक्ष रविनकुमारदाहालले पत्रकारहरुले बेथिति र अराजकताविरुद्ध प्रश्न गरिरहनुपर्नेमा जोड दिए । उपाध्यक्ष दाहालले भने, ‘पछिल्लोसमय सञ्चारक्षेत्रसँगै नीजि क्षेत्रपनि त्रासको वातावरणमा रहेको छ । पहिलो सुन्ने र थुन्ने भन्ने थियो ।तर अहिले थुन्ने र सुन्नेमा सरकार केन्द्रित भएको छ।’ उद्योग व्यापारी पत्रकारसँगसँगै हिडिरहेको बताउँदै उपाध्यक्ष दाहालले भने, उद्योगी व्यापारी पत्रकारसँगै सहकार्यगर्न हिँडेको छ । पत्रकारले प्रश्न गर्ने कुरा बिर्सनु हुँदैन । पत्रकारिता क्षेत्र वाच डगका रुपमा रहनुपर्छ । पत्रकारलेराम्रो विषयलाई पनि उठान गर्नुपर्छ र नराम्रो विषयको पनि उजागर गर्नुपर्छ।’ कार्यक्रममा महासंघका सदस्य हुँदै विद्यावारिधी गर्ने डा. रामचन्द्र अधिकारी, शाखामा विगत २९ वर्षदेखि निरन्तरकार्यरत दिपक फुँयाल र न्यूरो अस्पताललाई सम्मान गरिएको थियो । सोही क्रममा सरकारले गरेको निर्णयप्रतिहस्ताक्षर अभियान गरिएको थियो । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, विराटनगर महागनरपालिकाका मेयर नागेशकोइराला तथा महासंघका पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो ।