सुनसरी | सरकारले २७ जना सहसचिवको एकसाथ सरुवा गरेको छ। सरुवा हुनेमा भोजपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजन पौडेलसमेत रहेका छन्।
दरबन्दी मिलान गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरमा सहसचिव प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था हटाएर पुनः उपसचिवको दरबन्दी कायम गरिएको छ। भोजपुरमा २०७६ सालदेखि सहसचिवको दरबन्दी कायम थियो।
पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्ने गरी सरुवा गरिएको हो। अब भोजपुरमा गृह मन्त्रालयले उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाउनेछ।














