काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ७६९ जना सवारी चालकलाई कारबाही गरेको छ।
सोमबार बिहानसम्म गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७६ जना, सिसिटिभी निगरानीमार्फत ७५ जना र रातोबत्ती उल्लङ्घन गर्ने ५९ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १३० जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १३ जना, लेन क्रस गर्ने ८ जना, सवारीको अवस्था ठीक नभएका २१ जना र एकतर्फी सडक नियम उल्लङ्घन गर्ने १४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अन्य कसुरमा ३७३ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न उपत्यकाका विभिन्न स्थानमा नियमित रूपमा सवारी जाँच तथा निगरानीलाई तीव्रता दिँदै आएको छ।














