बोल नेपाल

कोशी प्रदेश राजनीति

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...
राजनीति समाज

राजीनामाको आवाज उठेपछि ओलीको जवाफ- म बकाइदा चुनाव जितेर आएको...

काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने प्रष्टजवाफ दिएका छन्।  ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेलसहित नेताहरूलेचुनावी परिणामलगायतका विषयलाई लिएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनीहरू अब ओलीकोनेतृत्वमा एमाले चल्न नसक्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।  नेताहरूले पार्टी पुनर्गठन र मार्गप्रशस्तको कुरा गरेपछि अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएको एकपदाधिकारीले बताए। उनले एमाले नेतृत्व नछोड्ने बताए।  ‘मलाई कसैले सम्झाउनै पर्दैन। किन सम्झाउनु, कसले सम्झाएको?,’ ओलीले भने, ‘यो पद मैले त्यसै लिएकोहोइन, बकाइदा चुनावबाट जितेर दिइएको हो।’ पार्टीभित्र भइरहेका गतिविधि आफूले नियाली रहेको ओलीको भनाइ थियो। उनले दोहोर्‍याएरै भने, ‘म छोड्दिनँ।’ एमाले सचिवालय बैठकमा बोलेका नेताहरूमध्ये शुक्रबार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ मात्रै ओलीकोपक्षमा उभिएका थिए। त्यस्तै, शनिबार सचिव महेश बस्नेतसहित दुई जना सचिव मात्रै ओलीको पक्षमा बोले।  एमाले प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टले बीच–बीचको धारण राखेको एक पदाधिकारीले बताए।अन्य उपाध्यक्ष, उपमहासचिव र सचिव भने ओलीको विपक्षमा उभिएका छन्। उनीहरू ओली अध्यक्षबाटराजीनामा दिनुपर्ने धारणा राखेका छन्।  सचिवालय बैठकमा सहभागी पदाधिकारीहरूका अनुसार, ओलीको विपक्षमा बोल्नेहरूमध्ये केहीले ‘राजीनामा’ शब्द नै प्रयोग गरेका छन् भने केही ‘मार्गप्रशस्त’ भनेका छन्।  दुई दिनदेखि जारी बैठकमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र केही सचिवले आफ्नो धारणा राखिसकेकाछन्। आइतबारको बैठकमा चार जना सचिवले बोल्ने कार्यसूची छ। त्यसपछि सचिवालय बैठक अन्त्य हुनेछ।  एमाले बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसँगै ११ वटा एजेन्डा छन्। अर्को बैठक आइतबारबिहान साढे ११ बजे अध्यक्ष ओली निवास गुण्डुमै बस्नेछ। 
कोशी प्रदेश राजनीति समाज स्थानीय तह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुहबी नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन...

इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुहबी नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मित्र प्रसाद निरौलाको सभापतित्वमा...
कोशी प्रदेश राजनीति समाज

संसदमा इटहरीको आगलागी र दमकल अभावको मुद्दा : तत्काल अत्याधुनिक...

इटहरी: प्रतिनिधिसभाको आकस्मिक समयमा इटहरी उपमहानगरपालिकामा बढ्दो आगलागीका घटना, दमकल अभाव र सार्वजनिक सम्पत्तिको क्षतिबारे गम्भीर प्रश्न उठाइएको छ। संसदमा...
कोशी प्रदेश राजनीति

सुन्दरहरैंचा–३ मा नयाँ अनुहारको खोजी, कमल ढुंगानाप्रति बढ्दो आकर्षण

सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–३ को राजनीतिक आकाशमा यतिबेला एउटा फरक बहसले स्थान पाएको छ— ‘अबको नेतृत्व कसको र...
राजनीति राष्ट्रिय समाचार विशेष रिपोर्ट

अब सरकारका लागि छुट्टै ई-मार्केटप्लेस, सरकारी निकायले पनि सोझै अनलाइनबाट...

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई आधुनिकीकरण र सरल बनाउन सरकारी ई-मार्केटप्लेसको नयाँ अवधारणा ल्याएको छ । नेपाल राजपत्रमा हालै...