स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सांसद अशोककुमार चौधरीको सचिवालयमा बालकुमार बिष्ट नियुक्त

इटहरी । प्रतिनिधिसभा सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नं. ३ का सांसद अशोककुमार चौधरीको निजी सचिवालयमा बालकुमार बिष्टलाई सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।

सांसद चौधरीको निजी सचिवालयले साउन १८ गते जारी गरेको जिम्मेवारी तोकिएको पत्रअनुसार बिष्टलाई सचिवालय सदस्यमा नियुक्त गर्दै स्थानीय नागरिकका समस्या, गुनासा तथा आवश्यक विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सहयोग गर्ने जिम्मेवारी दिइएको हो।

पत्रमा निर्वाचनका क्रममा व्यक्त गरिएका प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र जनमैत्री बनाउन सचिवालयको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिएको छ।

त्यसैगरी, सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय गरी तोकिएको जिम्मेवारी इमान्दारी, जिम्मेवारीबोध र दक्षतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

उक्त जिम्मेवारीसम्बन्धी पत्रमा सांसद अशोककुमार चौधरीको तर्फबाट सचिवालय प्रमुख नरेश कुमार थापा (नवीन) ले हस्ताक्षर गरेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *