बोल नेपाल

कोशी प्रदेश समाज

अनुगमनका नाममा इमानदार व्यवसायीलाई अपराधीकरण गरिएको आरोप, नेका कोशीको आपत्ति

इटहरी – राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) कोशी प्रदेशले सरकार तथा मातहतका सुरक्षा–प्रशासनिक निकायबाट भइरहेको अनुगमन र अनुसन्धानको शैलीप्रति गम्भीर...
अर्थ / व्यवसाय कोशी प्रदेश समाज

इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला सुरु, आकर्षक छुट र सुविधाले...

इटहरी | इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ। जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरसाटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ। सवारीमा...
कोशी प्रदेश समाज

सङ्खुवासभाको माङ्सिमास्थित फोक्टे क्षेत्रमा आएको भीषण पहिरोमा परी २ सयभन्दा...

संखुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–५ अन्तर्गत माङ्सिमास्थित फोक्टे क्षेत्रमा आज बिहान आएको भीषण पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिएका...
अर्थ / व्यवसाय कोशी प्रदेश समाज

संघर्षबाट स्थापित बनेकी भण्डारी इटहरी उद्योग वाणिज्य संघ अध्यक्षको दौडमा,...

पूर्वी नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको व्यापारिक सहर इटहरी, जहाँ बिहानैदेखि सवारी साधनको चाप र व्यापारिक गतिविधिले सहरलाई चलायमान...
कोशी प्रदेश समाज स्थानीय तह

एमाले सचिवालयका ८० प्रतिशत सदस्य ओलीको विपक्षमा, राजीनामा गर्न दबाब

काठमाडौं | नेकपा (एमाले) मा रुपान्तरण र पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन्। शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले ओलीलेपार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका हुन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिए। आज पनि ७–१ भयो,’ एक पदाधिकारीले नेपालखबरसंग भने, ‘यस्तो बेला अध्यक्षलाई कसैले साथ दिँदैन, उहाँकोकारण यो सबै भइरहेको साथीहरूको निष्कर्ष छ।’  यो भनेको एमालेको सचिवालयको ८० प्रतिशतले ओलीलाई अस्वीकार रुपमा उनले अर्थ्याए। ‘१९ जनाको हाम्रोसचिवालय छ, जसमा अध्यक्ष, अनि उहाँको पक्षमा अहिलेसम्म बोलेका दुई जना गर्दा जम्मा तीन जना त होनि, बाकी सबै अध्यक्षले छोड्नुपर्छ भन्नू भयो,’ ती पदाधिकारीले भने, ‘पद्मा अर्याल, हिक्मत कार्कीलगायत ओलीलेछोड्नै पर्ने पक्षमा उभिनु पार्टी बनाउने कदम हो।’ सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराईले तल पार्टी चलाउन सक्ने अवस्था नभएको बताएका थिए।‘उहाँहरूले बोल्ने नै त्यस्तै हो, ओली नभई पार्टी चल्दैन भन्नू भएन, तपाईले सोच्नुपर्छ भन्नुभयो त्यो भनेकोओलीलाई पद त्याग गर्नु नै भनेको हो,’ ती पदाधिकारीले थपे। यद्यपि ओलीले यी सबैको प्रतिवाद गरेका थिए। उनले निर्वाचित भएर आएको त्यसै नछाड्ने घोषणा गरे।   शनिबार बोलेका पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ मात्र ओलीको पक्षमा खुलेका थिए। उनले संकटकोसमयमा नेतृत्वलाई साथ दिनुपर्ने र हेडक्वाटरको रक्षा गर्नुपर्ने बताएका थिए। सचिवालयमा अल्पमतमा परेपछि ओलीलाई पद त्याग गर्न दबाब परेको छ।...
कोशी प्रदेश समाज स्थानीय तह

भोजपुरमा पूर्वाधार विकासको ठूलो छलाङ : सडक निर्माणका लागि अर्बौं...

भोजपुर । भोजपुर जिल्लामा सडक पूर्वाधार विकासका लागि अर्बौं रुपैयाँ बराबरको बजेट सुनिश्चित भएको छ। विभिन्न सडक आयोजनाहरू प्रदेश सरकारमार्फत...
कोशी प्रदेश शिक्षा समाज

कोशी रिफ्रेसमेन्ट सेन्टर: ३३ करोड खर्चिएपछि आयोजना अलपत्र, अख्तियारद्वारा छानबिन...

विराटनगर | सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन ‘कोशी रिफ्रेसमेन्ट सेन्टर’ आयोजनाले अहिले सार्वजनिक चासो र प्रश्नहरू सिर्जना गरेको छ। सुरुवाती चरणमा...
कोशी प्रदेश विशेष रिपोर्ट समाज स्थानीय तह

एसियन हाइवे : अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती

झापा | सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । अलकत्रा अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर रु १०० देखि रु ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले रु१५० भन्दा बढी पर्न थालेको छ । नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य भनेअप्रत्यासित रूपमा बढेको जनाएको छ । निर्माण सुुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिए ।उनका अनुसार विटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन् । हाल ओभरपास, अण्डरपास, वेस, सववेस, नालालगायत संरचना निमार्ण तीव्र रूपमा भइरहेको उनले जानकारीदिए । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५ दशमलव ७६ किमी सडकमात्र ठेक्का लागेर काम भइरहेको छ । “पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । निर्माण सामग्री उपलब्धतामा सहजताभएमा कामले तीव्रता पाउनेछ”, उनले भने । एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदैनेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्ने प्रमुखप्रजापतिले जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ१९ गतेदेखि सडक निर्माण सुरु भएको थियो । -रासस
राजनीति समाज

राजीनामाको आवाज उठेपछि ओलीको जवाफ- म बकाइदा चुनाव जितेर आएको...

काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने प्रष्टजवाफ दिएका छन्।  ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेलसहित नेताहरूलेचुनावी परिणामलगायतका विषयलाई लिएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनीहरू अब ओलीकोनेतृत्वमा एमाले चल्न नसक्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।  नेताहरूले पार्टी पुनर्गठन र मार्गप्रशस्तको कुरा गरेपछि अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएको एकपदाधिकारीले बताए। उनले एमाले नेतृत्व नछोड्ने बताए।  ‘मलाई कसैले सम्झाउनै पर्दैन। किन सम्झाउनु, कसले सम्झाएको?,’ ओलीले भने, ‘यो पद मैले त्यसै लिएकोहोइन, बकाइदा चुनावबाट जितेर दिइएको हो।’ पार्टीभित्र भइरहेका गतिविधि आफूले नियाली रहेको ओलीको भनाइ थियो। उनले दोहोर्‍याएरै भने, ‘म छोड्दिनँ।’ एमाले सचिवालय बैठकमा बोलेका नेताहरूमध्ये शुक्रबार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ मात्रै ओलीकोपक्षमा उभिएका थिए। त्यस्तै, शनिबार सचिव महेश बस्नेतसहित दुई जना सचिव मात्रै ओलीको पक्षमा बोले।  एमाले प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टले बीच–बीचको धारण राखेको एक पदाधिकारीले बताए।अन्य उपाध्यक्ष, उपमहासचिव र सचिव भने ओलीको विपक्षमा उभिएका छन्। उनीहरू ओली अध्यक्षबाटराजीनामा दिनुपर्ने धारणा राखेका छन्।  सचिवालय बैठकमा सहभागी पदाधिकारीहरूका अनुसार, ओलीको विपक्षमा बोल्नेहरूमध्ये केहीले ‘राजीनामा’ शब्द नै प्रयोग गरेका छन् भने केही ‘मार्गप्रशस्त’ भनेका छन्।  दुई दिनदेखि जारी बैठकमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र केही सचिवले आफ्नो धारणा राखिसकेकाछन्। आइतबारको बैठकमा चार जना सचिवले बोल्ने कार्यसूची छ। त्यसपछि सचिवालय बैठक अन्त्य हुनेछ।  एमाले बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसँगै ११ वटा एजेन्डा छन्। अर्को बैठक आइतबारबिहान साढे ११ बजे अध्यक्ष ओली निवास गुण्डुमै बस्नेछ। 
कोशी प्रदेश खेलकुद (Sports) समाज

सुन्दरहरैंचा खोर्साने गोल्डकपको फाइनलमा विवाद: खेलाडी, रेफ्री र व्यवस्थापकबीच मैदानमै...

मोरङको सुन्दरहरैंचा-१० स्थित सुकुना खेल मैदानमा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार तनावग्रस्त बनेको छ।...