स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा TVS को ‘अपग्रेड हुनेलाई आफ्नै DEAL’ मेला सुरु

इटहरी । इटहरीस्थित TVS को आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा ‘TVS मा अपग्रेड हुनलेलाई आफ्नै DEAL’ विशेष एक्सचेन्ज मेला आज (आइतबार)देखि सुरु भएको छ ।

भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। मेलामा पुरानो सवारीसाधनको उच्च मूल्यांकन, आकर्षक क्यास डिस्काउन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ।
मेलाको पहिलो दिन १२ वटा भन्दा बढी बिक्री वितरण भएको छ ।

मेलाअन्तर्गत फाइनान्स सुविधामा नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ भने ग्राहकले दैनिक रु. १२४ देखि EMI मा नयाँ TVS सवारीसाधन खरिद गर्न सक्ने जनाइएको छ। नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट समेत उपलब्ध गराएको सञ्चालक लिलानथ लुइँटेलले बताउनुभयो ।

TVS का विभिन्न मोटरसाइकल तथा स्कुटरका मोडलहरूमा लागू हुने उक्त एक्सचेन्ज मेलाले पुरानो सवारीसाधन साटेर नयाँ सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई विशेष अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *