स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीका जग्गा व्यवसायी राजन गौतमको उपचारका क्रममा निधन

इटहरी । इटहरीको संगीत चोक निवासी ४४ वर्षीय जग्गा व्यवसायी राजन गौतमको उपचारका क्रममा दुःखद निधन भएको छ ।

गौतमको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा फोक्सोमा देखिएको संक्रमणको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

फोक्सोमा संक्रमण देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा अचानक स्वास्थ्य अवस्था जटिल बनेपछि उनको निधन भएको परिवारले जनाएको छ ।

गौतमको पार्थिव शरीरको भोलि बिहान ८ बजे इटहरीस्थित बूढीगंगा–जमुना मुक्ति घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *