स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीका सगरमाथा आरोही मदनकुमार चुडाल ‘स्पेशल अवार्ड’बाट सम्मानित

इटहरी । इटहरी निवासी सगरमाथा आरोही मदनकुमार चुडाल ‘स्पेशल अवार्ड’बाट सम्मानित भएका छन्। सगरमाथा आरोही सङ्घको रजत जयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा चुडाललाई उक्त सम्मान प्रदान गरिएको हो।

नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन, साहसिक पर्यटन तथा दिगो पर्यटनका क्षेत्रमा पुर्‍याएको योगदान र सगरमाथाको सफल आरोहणमार्फत देशको नाम विश्वसामु उच्च राखेको कदरस्वरूप चुडाललाई ‘स्पेशल अवार्ड’ प्रदान गरिएको सङ्घले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गणेश’, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, सगरमाथा आरोही सङ्घकी अध्यक्ष माया शेर्पा, प्रथम उपाध्यक्ष दिवस पोखरेल र महासचिव शिवबहादुर सापकोटाले संयुक्त रूपमा हस्ताक्षर गरेको कदरपत्रसहित चुडाललाई सम्मान गरिएको थियो।

समारोहमा वक्ताहरूले चुडालको साहस, समर्पण र पर्वतारोहणप्रतिको योगदानको प्रशंसा गर्दै उनको सफलताले नेपालका युवालाई पर्वतारोहण तथा पर्यटन क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताएका थिए।

इटहरीका चुडालले सगरमाथा आरोहणमार्फत आफ्नो व्यक्तिगत सफलतासँगै नेपालको पहिचान र पर्वतीय पर्यटनलाई विश्वसामु चिनाउन योगदान पुर्‍याएका छन्। उनलाई प्राप्त ‘स्पेशल अवार्ड’ले साहसिक पर्यटन क्षेत्रमा उनको योगदानलाई थप सम्मान र हौसला प्रदान गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *