बोल नेपाल

कोशी प्रदेश खेलकुद (Sports)

“इनरुवा डे” लाई उत्सवका रूपमा मनाउदै इनरुवा नगरपालिका

सुनसरी | इनरुवा नगरपालिकाले आगामी जेठ १५ गते पहिलो पटक “इनरुवा डे (दिवस)” उत्सवका रूपमामनाउने तयारी गरेको छ। दिवसको अवसरमा झण्डोत्तोलन, सांस्कृतिक झाँकी प्रदर्शन, रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम तय गरिएकोनगरपालिकाले जनाएको छ। नगर प्रमुख केदार भण्डारीले “इनरुवा डे” ले इनरुवाको ऐतिहासिक पहिचान, सामाजिक एकता र विकासकोसन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले इनरुवालाई थप व्यवस्थित, सुन्दर र पहिचानयुक्त नगरका रूपमाविकास गर्ने लक्ष्यसहित दिवस मनाउन लागिएको बताउनुभयो। नगरपालिकाले विगतका तिता–मिठा अनुभवलाई बिर्सेर सबैलाई सकारात्मक सोचसहित कार्यक्रममा सहभागीहुन आग्रह गरेको छ।
कोशी प्रदेश खेलकुद (Sports) समाज

सुन्दरहरैंचा खोर्साने गोल्डकपको फाइनलमा विवाद: खेलाडी, रेफ्री र व्यवस्थापकबीच मैदानमै...

मोरङको सुन्दरहरैंचा-१० स्थित सुकुना खेल मैदानमा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार तनावग्रस्त बनेको छ।...
कोशी प्रदेश जीवनशैली पर्यटन मनोरञ्जन मनोरञ्जन (Entertainment) विचार/ब्लग (Opinion) समाज

इटहरीमा केशव दाहालको उपन्यास ‘इथा’ विमोचन र विशेष विमर्श सम्पन्न

इटहरी | इटहरीमा “साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” अन्तर्गत लेखक केशव दाहालको पछिल्लो उपन्यास ‘इथा’ माथि विशेष साहित्यिक विमर्श...
कोशी प्रदेश शिक्षा (Education) समाज स्वास्थ्य स्वास्थ्य (Health)

राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजना गरिएको दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरियो 

इटहरी | इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट दलको आयोजनामा सञ्चालनगरिएको एक दिने दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरिएको छ । सात दिने पोषण सप्ताह कार्यक्रमअन्तर्गत आयोजित शिविरमा कक्षा १ देखि ५ सम्मका ३९२ जना विद्यार्थीले दन्तपरीक्षण गरे । यस्तै, अभिभावक, शिक्षक र कर्मचारी ७२ जनाले दन्त परीक्षण सेवा लिएका हुन् ।  कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय स्काउट शिक्षिका वन्दना दाहालको सभापतित्वमा भएको थियो । यस्तै, प्रमुख अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेत रहेका थिए ।   कार्यक्रममा इटहरी यूथ ओपन क्र्यूका स्वयंसेवक टोलीको समेत सक्रिय सहभागिता रहेको थियो । शिविरमाकोशी डेन्टल हस्पिटल प्रालि इटहरीले प्राविधिक सहयोग गरेको थियो । दाहालका अनुसार स्काउट दलले वर्षेनी सिर्जनात्मक कार्य गर्दै आएको छ । अघिल्लो वर्ष स्काउट दलकैअगुवाइमा वृहत् रक्तदान गरेको थियो ।
कोशी प्रदेश मनोरञ्जन मनोरञ्जन (Entertainment) समाज

कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको शहर इटहरीमा रहेको Qfx...

कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको शहर इटहरीमा रहेको Qfx पुन सञ्चालनमा इटहरी/ कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा...
फोटो फिचर (Photo Gallery) भिडियो (Video News) मनोरञ्जन मनोरञ्जन (Entertainment) मल्टिमिडिया (Multimedia) समाज

फिल्म ‘वर्णशङ्कर नारदे’को अवधारणा कपि गरे कानुनी उपचार खोज्ने निर्देशक...

इटहरी/ चलचित्र विकास बोर्डबाट इजाजत प्राप्त गरिसकेको नयाँ नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक, निर्देशक तथा निर्माता रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य वा अवधारणा अनुमति बिना प्रयोगनगर्न कडा चेतावनी दिएका छन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्ट्याटस लेख्दैउनले विश्वास र आत्मीयताका आधारमा आफूले सुनाएको कथावस्तु चोरी भए कानुनी मार्ग अपनाउने घोषणागरेका हुन् । निर्देशक रितेशका अनुसार फिल्मको लेखन कालमा उनले केही साथीहरूसँग कथावस्तु, पात्र र दृश्यहरूका बारेमाछलफल गर्दै भविष्यमा सहकार्य गर्ने समझदारी गरेका थिए । हाल ती साथीहरू आफ्नै फिल्म निर्माण, सुटिङ, कार्यशाला र प्रदर्शनको तयारीमा सक्रिय रहेको उल्लेख गर्दै उनले अरूको सिर्जना अनुमति बिना प्रयोग गर्नु चोरी रअनैतिक कार्य भएको बताएका छन् । उनले ९ महिना अघि विकास बोर्डबाट निर्माण इजाजत लिएको सक्कलप्रमाणपत्र सार्वजनिक गर्दै यो कुराको उल्लेख गरेका हुन् । फिल्मको निर्माण कार्य भने अझै सुरु भइसकेको छैनअर्थात् यो फिल्म हाल प्रि प्रोडक्सनकै क्रममा छ । उनले, “सिर्जना भनेको मौलिकता हो । अरूको बौद्धिक सम्पत्ति, कथा, दृश्य वा अवधारणालाई अनुमति बिनाप्रयोग गर्नु सिर्जना होइन, त्यो चोरी हो । यदि मैले साझा गरेका कथा, दृश्य वा अवधारणाहरू तपाईँहरूकोचलचित्रमा प्रयोग गरिएको पाइयो भने, म कानुनी उपचार खोज्न बाध्य हुनेछु ।” भनेका छन् । उनले आवश्यक परेफिल्मकर्मीका सम्बन्धित संघ–संस्था, निर्देशक समाज र चलचित्र विकास बोर्डसम्म पुगेर आफ्नो बौद्धिकअधिकारको रक्षा गर्ने स्पष्ट पारेका छन् । साथै, आफ्ना साथीहरूलाई यदि त्यस्ता कुनै समान सामग्री प्रयोगगरिएको भए पुनर्विचार गर्न र विश्वासमाथि चोट नपुर्‍याउन समेत आग्रह गरेका छन् । फिल्मको शीर्षक र पात्रबारे प्रष्ट पार्दै निर्देशकले ‘वर्णशङ्कर नारदे’ कुनै साधारण पात्र नभएर समाजमा पहिचानखोजिरहेको, अपहेलना सहँदै बाँचेको र परिस्थितिले निर्माण गरेको एउटा जटिल पात्र भएको बताएका छन् । योफिल्म इलाम र पाँचथरको सीमावर्ती क्षेत्रको पृष्ठभूमिमा आधारित रहनेछ भने यसले खस आर्य, क्षेत्री, बाहुन, तामाङ, विश्वकर्मा, भुजेल, राई, लिम्बू लगायत विभिन्न समुदायबीचको सामाजिक एकता, सम्बन्ध, अन्तरविरोध रसमयले सिर्जना गरेका जटिल अवस्थाहरूलाई प्रस्तुत गर्नेछ । यो फिल्म मार्फत पूर्वेली भाषा, संस्कृति, रहनसहन, चालचलन र सामाजिक मनोविज्ञानलाई कथानक शैलीमार्फत पर्दामा उतारिनेछ...
कोशी प्रदेश प्रविधि (Technology) मल्टिमिडिया (Multimedia) विज्ञान शिक्षा

सरकार तानाशाह भयो, अब आन्दोलनमा होमिन्छौँ: अध्यक्ष शर्मा

विराटनगर | नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार तानाशाह प्रवृत्तिमा उन्मुख भएको आरोपलगाएकी छन् । विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्षशर्माले सरकारले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिइन् । विज्ञापन वितरणमा सरकारले देखाएको रवैयाप्रति अध्यक्ष शर्माले सरकारले आफ्नो निर्णय नसच्याउञ्जेलआन्दोलन जारी रहेको बताइन् । सरकार तानाशाह बन्दै गएको बताएकी अध्यक्ष शर्माले सरकारले तानाशाह हुँदैमिडिया कब्जा गर्ने प्रयासमा रहेको उल्लेख गरिन् । करिब दुई–तिहाई बहुमतको सरकार नै लोकतन्त्रको लागि संकट बन्न सक्ने देखिएको उनको भनाई छ । उनलेसरकारको निर्णयप्रति पत्रकारहरु एक हुँदै आन्दोलनमा होमिने चेतावनी दिइन् । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा देश सञ्चारका अध्यक्ष रविनकुमारदाहालले पत्रकारहरुले बेथिति र अराजकताविरुद्ध प्रश्न गरिरहनुपर्नेमा जोड दिए । उपाध्यक्ष दाहालले भने, ‘पछिल्लोसमय सञ्चारक्षेत्रसँगै नीजि क्षेत्रपनि त्रासको वातावरणमा रहेको छ । पहिलो सुन्ने र थुन्ने भन्ने थियो ।तर अहिले थुन्ने र सुन्नेमा सरकार केन्द्रित भएको छ।’ उद्योग व्यापारी पत्रकारसँगसँगै हिडिरहेको बताउँदै उपाध्यक्ष दाहालले भने, उद्योगी व्यापारी पत्रकारसँगै सहकार्यगर्न हिँडेको छ । पत्रकारले प्रश्न गर्ने कुरा बिर्सनु हुँदैन । पत्रकारिता क्षेत्र वाच डगका रुपमा रहनुपर्छ । पत्रकारलेराम्रो विषयलाई पनि उठान गर्नुपर्छ र नराम्रो विषयको पनि उजागर गर्नुपर्छ।’ कार्यक्रममा महासंघका सदस्य हुँदै विद्यावारिधी गर्ने डा. रामचन्द्र अधिकारी, शाखामा विगत २९ वर्षदेखि निरन्तरकार्यरत दिपक फुँयाल र न्यूरो अस्पताललाई सम्मान गरिएको थियो । सोही क्रममा सरकारले गरेको निर्णयप्रतिहस्ताक्षर अभियान गरिएको थियो । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, विराटनगर महागनरपालिकाका मेयर नागेशकोइराला तथा महासंघका पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो ।
शिक्षा शिक्षा (Education) समाज

दृढ संकल्प र मेहनतको प्रतिफल: ३१ वर्षमै सहसचिव बनेर आरती...

भक्तपुर | निजामती सेवाको इतिहासमा एउटा नयाँ र सुनौलो अध्याय थपिएको छ। भक्तपुरकी आरती न्यौपानेलेमात्र ३१ वर्षको उमेरमा खुला प्रतिस्पर्धाबाट सहसचिव पदमा नाम निकालेर युवा पुस्ताका लागि प्रेरणाको स्रोतबनेकी छिन्। २०५१ साल साउन २० गते जन्मिएकी न्यौपानेले आफ्नो अथक मेहनत, निरन्तरता र उच्च आत्मविश्वासका बलमायो सफलता हासिल गरेकी हुन्। सन् २०७५ सालमा प्रशासन सेवाको शाखा अधिकृतबाट निजामती यात्रा सुरुगरेकी आरतीले निकै छोटो समय अर्थात् ८ वर्षमै देशको उच्च प्रशासनिक तह (सहसचिव) मा पुगेर कीर्तिमानकायम गरेकी छिन्। सफलताको सूत्र:  निरन्तरता: अधिकृतबाट सहसचिवसम्मको यात्रामा उनले देखाएको धैर्यता र अनुशासन।  आत्मविश्वास: खुला महिला प्रतिस्पर्धाबाट यति कम उमेरमा नै सफलता हासिल गर्नु उनको उच्च क्षमताको प्रमाणहो।  युवा शक्तिको उदाहरण: उमेर र अनुभवको घेरा तोड्दै योग्यता प्रणाली (Merit System) मा उनले गरेको योप्रगतिले निजामती सेवामा लाग्ने हजारौं युवाहरूलाई नयाँ ऊर्जा प्रदान गरेको छ। आरतीको यो सफलताले प्रमाणित गरेको छ कि— यदि लक्ष्यप्रति इमानदार र दृढ रहने हो भने उमेर र बाधाहरूलेसफलताको बाटो रोक्न सक्दैनन्।
शिक्षा (Education) समाज सुदूरपश्चिम प्रदेश

हुम्ला–बाजुरा सीमा विवाद हिंसात्मक: ६ जना घाइते, ४ जनाको हेलिकप्टरबाट...

बाजुरा | हुम्ला र बाजुराको सीमा क्षेत्रमा जारी पुरानो सीमा विवादले हिंसात्मक रूप लिएको छ। चार दिनदेखिचलिरहेको तनावका क्रममा झडप हुँदा ६ जना घाइते भएका छन् भने गम्भीर घाइते ४ जनालाई थप उपचारकालागि हेलिकप्टरमार्फत उद्धार गरिएको छ। विवादको कारण: प्रहरी चौकी निर्माण बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित थालीकास्थानीयवासीबीच सीमानाका विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। पछिल्लो समय सुदूरपश्चिमप्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटमा लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया सुरु भएपछि सोविवाद पुनः चर्किएको हो। स्थानीयवासीका अनुसार उक्त क्षेत्र परम्परागत रूपमा पशुचौपाया चराउने र जडीबुटी संकलन गर्ने थलो भएकालेप्रहरी चौकी निर्माण गर्न नहुने माग उनीहरूको छ। बाजुराका प्रहरी निरीक्षक नरेश शाहीका अनुसार जेठ ५ गतेहुम्लाबाट ठूलो संख्यामा आएका स्थानीयवासी र बाजुराका स्थानीयबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेकोथियो। बुधबार पनि स्थानीयले बाजुराको धुलाचौर क्षेत्रमा सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए, जसलाई प्रहरीलेहस्तक्षेप गरी खुलाएको छ। घाइतेहरूको अवस्था झडपमा परी हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, २४वर्षीया मीनु कुँवर र ५० वर्षीय नरबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागिहेलिकप्टरमार्फत लगिएको छ। घटनामा सामान्य घाइते भएका हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी सामान्य उपचारपछि काममा फर्किएका छन्।
आधुनिक र अन्तर्क्रियात्मक (Modern & Interactive) कोशी प्रदेश वातावरण शिक्षा (Education) समाज स्थानीय तह

दुर्घटना न्यूनीकरणका लागि धनपुरी युवा समाजद्वारा ५ स्थानमा कन्भेक्स मिरर...

दुर्घटना न्यूनीकरणका लागि धनपुरी युवा समाजद्वारा ५ स्थानमा कन्भेक्स मिरर स्थापना दुर्घटना न्यूनीकरणका लागि धनपुरी युवा समाजद्वारा ५ स्थानमा कन्भेक्स...