स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

तीज गीत ‘कुरा बुझे बरिलै’ आज सार्वजनिक हुँदै

इटहरी । गायिका ऋचा काफ्लेको नयाँ तीज गीत ‘कुरा बुझे बरिलै’ आज इटहरीस्थित गोर्खा होटलमा विशेष कार्यक्रमबीच सार्वजनिक हुँदैछ।

गीतको विमोचन कार्यक्रम आज साँझ ६ बजे आयोजना हुने जनाइएको छ।

‘कुरा बुझे बरिलै’मा माइतीघरमा सौतेनी आमाको व्यवहारदेखि कलिलै उमेरमा विवाह गर्नुपरेकी एक संघर्षशील नारीको जीवनकथा समेटिएको छ। आफ्ना सपना र इच्छा त्यागेर विवाह गर्न बाध्य भएकी महिलाले घरपरिवार सम्हाल्दै, छोराछोरी हुर्काउँदै र जीवनका विभिन्न उतारचढाव पार गर्दै अघि बढ्नुपरेको संघर्षलाई गीतमा कथाका रूपमा प्रस्तुत गरिएको छ।

त्यसपछि पनि उनले पढाइलाई निरन्तरता दिँदै जीवनमा सानो सफलता हासिल गर्न गरेको संघर्षलाई गीतमा समेटिएको छ।

महिलाको संघर्ष, त्याग, सपना र आत्मनिर्भरताको यात्रालाई तीजको मौलिक भावसँग जोडेर प्रस्तुत गरिएको गीतले दर्शक–श्रोताको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

गीतमा दुर्गा पराजुलीको शब्द तथा संगीत, ऋचा काफ्लेको स्वर र नारायण दङ्गालको संगीत संयोजन रहेको छ।

गीतको भिडियो निर्देशन नगेन्द्र राईले गरेका छन् भने क्यामेरामा कमानसिङ राई रहेका छन्। भिडियोमा लक्ष्मी डान्स सेन्टरको नृत्य तथा करिश्मा कटवाल, प्रज्वल काफ्लेलगायतको अभिनय रहेको छ।

गीतले तीजको रमाइलो पक्षसँगै नेपाली महिलाले जीवनमा भोग्दै आएका संघर्ष, त्याग र सफलताको कथालाई समेत उजागर गर्ने निर्माण पक्षले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *