बोल नेपाल

कोशी प्रदेश खेलकुद (Sports)

“इनरुवा डे” लाई उत्सवका रूपमा मनाउदै इनरुवा नगरपालिका

सुनसरी | इनरुवा नगरपालिकाले आगामी जेठ १५ गते पहिलो पटक “इनरुवा डे (दिवस)” उत्सवका रूपमामनाउने तयारी गरेको छ। दिवसको अवसरमा झण्डोत्तोलन, सांस्कृतिक झाँकी प्रदर्शन, रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम तय गरिएकोनगरपालिकाले जनाएको छ। नगर प्रमुख केदार भण्डारीले “इनरुवा डे” ले इनरुवाको ऐतिहासिक पहिचान, सामाजिक एकता र विकासकोसन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले इनरुवालाई थप व्यवस्थित, सुन्दर र पहिचानयुक्त नगरका रूपमाविकास गर्ने लक्ष्यसहित दिवस मनाउन लागिएको बताउनुभयो। नगरपालिकाले विगतका तिता–मिठा अनुभवलाई बिर्सेर सबैलाई सकारात्मक सोचसहित कार्यक्रममा सहभागीहुन आग्रह गरेको छ।
कोशी प्रदेश राजनीति

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...
कोशी प्रदेश पर्यटन

हसिना सिमसारमा शिरिषको वैँस: पर्यटकको बढ्दो आकर्षणसँगै फेरिँदै सिमसारको रूप

योगेन्द्र योगीसुन्दरहरैंचा (मोरङ) : मोरङको हसिना सिमसार यतिबेला शिरिषका फूलले ढकमक्क ढाकिएको छ। बैजनी र गुलाबी रङले सजिएको सिमसार क्षेत्रको...
कोशी प्रदेश समाज

अनुगमनका नाममा इमानदार व्यवसायीलाई अपराधीकरण गरिएको आरोप, नेका कोशीको आपत्ति

इटहरी – राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) कोशी प्रदेशले सरकार तथा मातहतका सुरक्षा–प्रशासनिक निकायबाट भइरहेको अनुगमन र अनुसन्धानको शैलीप्रति गम्भीर...
अर्थ / व्यवसाय कोशी प्रदेश समाज

इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला सुरु, आकर्षक छुट र सुविधाले...

इटहरी | इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ। जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरसाटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ। सवारीमा...
कोशी प्रदेश समाज

सङ्खुवासभाको माङ्सिमास्थित फोक्टे क्षेत्रमा आएको भीषण पहिरोमा परी २ सयभन्दा...

संखुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–५ अन्तर्गत माङ्सिमास्थित फोक्टे क्षेत्रमा आज बिहान आएको भीषण पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिएका...
अर्थ / व्यवसाय कोशी प्रदेश समाज

संघर्षबाट स्थापित बनेकी भण्डारी इटहरी उद्योग वाणिज्य संघ अध्यक्षको दौडमा,...

पूर्वी नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको व्यापारिक सहर इटहरी, जहाँ बिहानैदेखि सवारी साधनको चाप र व्यापारिक गतिविधिले सहरलाई चलायमान...
कोशी प्रदेश समाज स्थानीय तह

एमाले सचिवालयका ८० प्रतिशत सदस्य ओलीको विपक्षमा, राजीनामा गर्न दबाब

काठमाडौं | नेकपा (एमाले) मा रुपान्तरण र पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन्। शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले ओलीलेपार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका हुन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिए। आज पनि ७–१ भयो,’ एक पदाधिकारीले नेपालखबरसंग भने, ‘यस्तो बेला अध्यक्षलाई कसैले साथ दिँदैन, उहाँकोकारण यो सबै भइरहेको साथीहरूको निष्कर्ष छ।’  यो भनेको एमालेको सचिवालयको ८० प्रतिशतले ओलीलाई अस्वीकार रुपमा उनले अर्थ्याए। ‘१९ जनाको हाम्रोसचिवालय छ, जसमा अध्यक्ष, अनि उहाँको पक्षमा अहिलेसम्म बोलेका दुई जना गर्दा जम्मा तीन जना त होनि, बाकी सबै अध्यक्षले छोड्नुपर्छ भन्नू भयो,’ ती पदाधिकारीले भने, ‘पद्मा अर्याल, हिक्मत कार्कीलगायत ओलीलेछोड्नै पर्ने पक्षमा उभिनु पार्टी बनाउने कदम हो।’ सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराईले तल पार्टी चलाउन सक्ने अवस्था नभएको बताएका थिए।‘उहाँहरूले बोल्ने नै त्यस्तै हो, ओली नभई पार्टी चल्दैन भन्नू भएन, तपाईले सोच्नुपर्छ भन्नुभयो त्यो भनेकोओलीलाई पद त्याग गर्नु नै भनेको हो,’ ती पदाधिकारीले थपे। यद्यपि ओलीले यी सबैको प्रतिवाद गरेका थिए। उनले निर्वाचित भएर आएको त्यसै नछाड्ने घोषणा गरे।   शनिबार बोलेका पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ मात्र ओलीको पक्षमा खुलेका थिए। उनले संकटकोसमयमा नेतृत्वलाई साथ दिनुपर्ने र हेडक्वाटरको रक्षा गर्नुपर्ने बताएका थिए। सचिवालयमा अल्पमतमा परेपछि ओलीलाई पद त्याग गर्न दबाब परेको छ।...
कोशी प्रदेश समाज स्थानीय तह

भोजपुरमा पूर्वाधार विकासको ठूलो छलाङ : सडक निर्माणका लागि अर्बौं...

भोजपुर । भोजपुर जिल्लामा सडक पूर्वाधार विकासका लागि अर्बौं रुपैयाँ बराबरको बजेट सुनिश्चित भएको छ। विभिन्न सडक आयोजनाहरू प्रदेश सरकारमार्फत...
कोशी प्रदेश शिक्षा समाज

कोशी रिफ्रेसमेन्ट सेन्टर: ३३ करोड खर्चिएपछि आयोजना अलपत्र, अख्तियारद्वारा छानबिन...

विराटनगर | सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन ‘कोशी रिफ्रेसमेन्ट सेन्टर’ आयोजनाले अहिले सार्वजनिक चासो र प्रश्नहरू सिर्जना गरेको छ। सुरुवाती चरणमा...