स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयले आज बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको जनाएको छ।

प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिपछि कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर तथा मन्त्रीहरूको कार्यविभाजन गरिएको छ। राजनीतिक समीकरण र मन्त्रिपरिषद् पुनर्गठनपछि मुख्यमन्त्री कार्कीले पुनः प्रदेशसभाको विश्वास लिन लागेका हुन्।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा कोशी प्रदेश मन्त्रिपरिषद् पहिलोपटक २०८१ वैशाख २७ गते गठन भएको थियो। पछिल्लो राजनीतिक सहमति र सरकारको संरचनामा आएको परिवर्तनसँगै उनले पुनः प्रदेशसभाको विश्वास लिन लागेका हुन्।

हाल कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १७ सांसद रहेका छन्। यी दुई दलको समर्थन रहेकाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गर्न सहज हुने देखिएको छ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफलपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *