सुनसरी । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको साधारण सभाले ओम प्रसाद गौतमलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।
साधारण सभाबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रममा मानव अधिकार संरक्षण, शान्ति स्थापना तथा सामाजिक न्यायका क्षेत्रमा संस्थाले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।
नवनिर्वाचित सभापति गौतमसहित सम्पूर्ण कार्यसमितिलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नयाँ कार्यसमितिले मानव अधिकारको संरक्षण, नागरिकका अधिकारका विषयमा आवाज उठाउने तथा समाजमा शान्ति र सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।














