स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

हेलौछामा अचार उत्पादनसम्बन्धी सीप तथा प्रविधि हस्तान्तरण

भोजपुर । भोजपुर नगरपालिका–२, हेलौछामा स्थानीयवासीलाई आयआर्जन, स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले अचार उत्पादनसम्बन्धी सीप तथा प्रविधि हस्तान्तरण गरिएको छ।

स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै उत्पादनमूलक क्षेत्रमा स्थानीयलाई जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा अचार उत्पादनसम्बन्धी आवश्यक सीप तथा प्रविधिबारे जानकारी प्रदान गरिएको जनाइएको छ।

स्थानीय स्तरमै उपलब्ध कृषि उपजलाई प्रयोग गरी अचार उत्पादन तथा बजारीकरण गर्न सके आयआर्जनको राम्रो माध्यम बन्न सक्ने विश्वास गरिएको छ। यसबाट स्थानीय व्यक्तिहरूलाई स्वरोजगार सिर्जना गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम तथा पहलमा भोजपुर नगरपालिकाकी उप–प्रमुख निर्मला शेर्पाको सक्रिय भूमिका रहेको छ। स्थानीयको सीप विकास र उद्यमशीलता प्रवर्द्धनमा नगरपालिकाले प्राथमिकता दिँदै आएको बताइएको छ।

अचार उत्पादनसम्बन्धी सीप तथा प्रविधि हस्तान्तरणले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आर्थिक आत्मनिर्भरताको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *