बोल नेपाल

Sanjip Timsina

Sanjip Timsina

About Author

सन्जिप तिम्सिना विगत ६ वर्षदेखि कोशी प्रदेशमा पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा आवद्ध रहनुभएको छ। उहाँले सुरुदेखि नै समाजका विभिन्न समस्या, जनचासोका विषय तथा सामाजिक मुद्दाहरूलाई उजागर गर्दै पत्रकारितामार्फत आवाज उठाउँदै आउनुभएको छ। साथै, उहाँ पर्यटन क्षेत्रसँग पनि सक्रिय रूपमा जोडिनु भएको एक कलम चलाउने पत्रकार हुनुहुन्छ।

29

Articles Published
कोशी प्रदेश शिक्षा (Education) समाज स्वास्थ्य स्वास्थ्य (Health)

राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजना गरिएको दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरियो 

इटहरी | इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट दलको आयोजनामा सञ्चालनगरिएको एक दिने दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरिएको छ । सात दिने पोषण सप्ताह कार्यक्रमअन्तर्गत आयोजित शिविरमा कक्षा १ देखि ५ सम्मका ३९२ जना विद्यार्थीले दन्तपरीक्षण गरे । यस्तै, अभिभावक, शिक्षक र कर्मचारी ७२ जनाले दन्त परीक्षण सेवा लिएका हुन् ।  कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय स्काउट शिक्षिका वन्दना दाहालको सभापतित्वमा भएको थियो । यस्तै, प्रमुख अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेत रहेका थिए ।   कार्यक्रममा इटहरी यूथ ओपन क्र्यूका स्वयंसेवक टोलीको समेत सक्रिय सहभागिता रहेको थियो । शिविरमाकोशी डेन्टल हस्पिटल प्रालि इटहरीले प्राविधिक सहयोग गरेको थियो । दाहालका अनुसार स्काउट दलले वर्षेनी सिर्जनात्मक कार्य गर्दै आएको छ । अघिल्लो वर्ष स्काउट दलकैअगुवाइमा वृहत् रक्तदान गरेको थियो ।
कोशी प्रदेश मनोरञ्जन मनोरञ्जन (Entertainment) समाज

कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको शहर इटहरीमा रहेको Qfx...

कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको शहर इटहरीमा रहेको Qfx पुन सञ्चालनमा इटहरी/ कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा...
फोटो फिचर (Photo Gallery) भिडियो (Video News) मनोरञ्जन मनोरञ्जन (Entertainment) मल्टिमिडिया (Multimedia) समाज

फिल्म ‘वर्णशङ्कर नारदे’को अवधारणा कपि गरे कानुनी उपचार खोज्ने निर्देशक...

इटहरी/ चलचित्र विकास बोर्डबाट इजाजत प्राप्त गरिसकेको नयाँ नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक, निर्देशक तथा निर्माता रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य वा अवधारणा अनुमति बिना प्रयोगनगर्न कडा चेतावनी दिएका छन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्ट्याटस लेख्दैउनले विश्वास र आत्मीयताका आधारमा आफूले सुनाएको कथावस्तु चोरी भए कानुनी मार्ग अपनाउने घोषणागरेका हुन् । निर्देशक रितेशका अनुसार फिल्मको लेखन कालमा उनले केही साथीहरूसँग कथावस्तु, पात्र र दृश्यहरूका बारेमाछलफल गर्दै भविष्यमा सहकार्य गर्ने समझदारी गरेका थिए । हाल ती साथीहरू आफ्नै फिल्म निर्माण, सुटिङ, कार्यशाला र प्रदर्शनको तयारीमा सक्रिय रहेको उल्लेख गर्दै उनले अरूको सिर्जना अनुमति बिना प्रयोग गर्नु चोरी रअनैतिक कार्य भएको बताएका छन् । उनले ९ महिना अघि विकास बोर्डबाट निर्माण इजाजत लिएको सक्कलप्रमाणपत्र सार्वजनिक गर्दै यो कुराको उल्लेख गरेका हुन् । फिल्मको निर्माण कार्य भने अझै सुरु भइसकेको छैनअर्थात् यो फिल्म हाल प्रि प्रोडक्सनकै क्रममा छ । उनले, “सिर्जना भनेको मौलिकता हो । अरूको बौद्धिक सम्पत्ति, कथा, दृश्य वा अवधारणालाई अनुमति बिनाप्रयोग गर्नु सिर्जना होइन, त्यो चोरी हो । यदि मैले साझा गरेका कथा, दृश्य वा अवधारणाहरू तपाईँहरूकोचलचित्रमा प्रयोग गरिएको पाइयो भने, म कानुनी उपचार खोज्न बाध्य हुनेछु ।” भनेका छन् । उनले आवश्यक परेफिल्मकर्मीका सम्बन्धित संघ–संस्था, निर्देशक समाज र चलचित्र विकास बोर्डसम्म पुगेर आफ्नो बौद्धिकअधिकारको रक्षा गर्ने स्पष्ट पारेका छन् । साथै, आफ्ना साथीहरूलाई यदि त्यस्ता कुनै समान सामग्री प्रयोगगरिएको भए पुनर्विचार गर्न र विश्वासमाथि चोट नपुर्‍याउन समेत आग्रह गरेका छन् । फिल्मको शीर्षक र पात्रबारे प्रष्ट पार्दै निर्देशकले ‘वर्णशङ्कर नारदे’ कुनै साधारण पात्र नभएर समाजमा पहिचानखोजिरहेको, अपहेलना सहँदै बाँचेको र परिस्थितिले निर्माण गरेको एउटा जटिल पात्र भएको बताएका छन् । योफिल्म इलाम र पाँचथरको सीमावर्ती क्षेत्रको पृष्ठभूमिमा आधारित रहनेछ भने यसले खस आर्य, क्षेत्री, बाहुन, तामाङ, विश्वकर्मा, भुजेल, राई, लिम्बू लगायत विभिन्न समुदायबीचको सामाजिक एकता, सम्बन्ध, अन्तरविरोध रसमयले सिर्जना गरेका जटिल अवस्थाहरूलाई प्रस्तुत गर्नेछ । यो फिल्म मार्फत पूर्वेली भाषा, संस्कृति, रहनसहन, चालचलन र सामाजिक मनोविज्ञानलाई कथानक शैलीमार्फत पर्दामा उतारिनेछ...
कोशी प्रदेश मधेश प्रदेश समाज स्थानीय तह

सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदीसँगै बग्दै गएको बस्ती

सपतरी | सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदी उकास क्षेत्र श्रीलङ्का टप्पु खुम्चिँदै गएको छ । प्रत्येकवर्ष बसोबास भूभाग बाढी र कटानमा पर्दै जाँदा श्रीलङ्काटप्पुु क्षेत्र खुिम्चँदै गएको हो । दशकौँदेखि बसोबासक्षेत्र रहेको श्रीलङ्का टप्पुुमा नदीले बर्सेनि कटान गर्दा बस्ती क्षेत्र पनि नदीसँगै बग्दै गएका छन् । नदीले कटान गर्दा टप्पुको गरैयाटोल क्षेत्रबाट गत वर्ष पनि घर सार्नु परेको स्थानीय बालक चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार पछिल्ला केही वर्षदेखि कोशीको कटान टप्पुुतिरै बढेको छ ।  टप्पुुमै जन्मिएर हुर्किएकाअनिल चन्द्रवंशीे टप्पुुसँगै कोशी कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय पनि बर्खामा हुने कटानटप्पुक्षेत्रमै हुँदा डर र त्रास रहेको बताउनुहुन्छ । सात दशकअघि श्रीलङ्काटप्पुु अहिलेको भन्दा झन्डै दोब्बर ठुलोरहेको स्थानीय बताउँछन् । टप्पुु क्षेत्रमा सात दशकदेखि मानवीय बसोबास रहेको र कृषिका लागि उर्वर भूमिरहेकाले यहाँका मानिस कृषिकर्ममा रमाउँदै आएको वराहक्षेत्र–९, राजावासका लालबहादुर लिम्बू बताउनुहुन्छ ।उहाँका अनुसार प्रशस्त चरनक्षेत्रसमेत भएकाले टप्पुुवासी पशुपालन पनि गर्दै आएका छन् । गोलभेँडा, तरकारी, मकै, गहुँ, बदाम, उखु, बेसार उत्पादनका लागि उर्वर भूमि मानिने टप्पु क्षेत्र कोशी नदीकोकटानका कारण विस्तारै साँघुरिँदै गएको बताइन्छ । नदी कटानले हरेक वर्ष जमिन काट्दै लैजाँदा दशकौँदेखिटप्पुलाई आफ्नो थातथलो बनाएर बसोबास गर्दै आएका टप्पुवासीले आफ्नो भविष्यसमेत बगिरहेको महसुसगरेका छन् । आफ्नो माटोसँगको मोह र जीविकोपार्जनको आधार यही भएकाले टप्पु क्षेत्र छोड्न नसकेकोस्थानीय बद्री राई बताउनुहुन्छ ।कोशीको सतह घट्दै जाँदा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्को वर्षायामआउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने कहिल्यै मुक्त हुननसकेको उहाँको भनाइ छ ।  वर्षायामभरि कोशीले मच्चाउने वितण्डाबाट त्रसित टप्पुुवासीलाई हिउँदमा भनेजङ्गली जनावरको पनि पीडा छ । टप्पुुमा बाढीको त्राससँगै हिउँदमा जङ्गली हात्ती र वन्यजन्तुको आतङ्कपनि टप्पुुवासीको अर्को समस्या बनेको छ । आरक्ष क्षेत्रबाट निस्कने जनावरले बाली नष्ट गर्ने र जनधनमा क्षति पु‍¥याउने गरेका छन् । टप्पु क्षेत्रको अनुकूलवातावरणका कारण कृषि उपज र पशुपालन असाध्यै राम्रो हुने भएकाले दशकौँदेखि त्यहाँ रहेर जीविकाचलाइरहेका टप्पुवासीे टप्पु क्षेत्रलाई चटक्कै छोड्न सकेका छैनन् । सुनसरीको पश्चिमी सिमाना र उदयपुरकोपूर्वी सिमाना छुट्याउने सप्तकोशीको भेल र कोशीको सिपेचको बिचमा रहेको टप्पुका गाउँ सप्तकोशी नदीले बेलाबेला धार परिवर्तन गर्दा कटानमा पर्छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ बेलकाको २ र ३ वडाटप्पुुमा पर्छ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टप्पुमा पाँच हजारभन्दाबढीको सङ्ख्यामा मानिसको बसोबास रहेको वराहक्षेत्र नगरपालिका–६ का वडाध्यक्ष उद्धव पोख्रेलले बताउनुभयो। वडाध्यक्ष पोख्रेलका अनुसार यस वर्ष बढी कटान हुने ठाउँमा प्रोव्रmोपाइल र जाली–ढुङ्गा लगाउने कामभएको छ । हरेक वर्ष जेठदेखि भदौसम्म नदीले कटान गर्ने चिन्ताले टप्पुुवासीलाई पिरोल्छ । कोशीको कटानलेटप्पुुको अस्तित्वै राख्ला, नराख्ला भन्ने त्रासदी रहिरहने टप्पुवासी बताउँछन् ।
विशेष रिपोर्ट

केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित 

इटहरी ।  सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेकोदशक भयो ।  आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियोभने कतिपय बेला आन्दोलनसमेत गर्नुभएको थियो । यसपालि भने चैत महिनाको अन्त्यदेखि उहाँ खुसी हुनुहुन्छ ।इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँले यसपटक अहिलेसम्मकैउच्च मूल्य पाएकाले दंग हुनुभएको छ । मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ । एउटागाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने र यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले खुसीलागेको उहाँले बताउनुभयो । उहाँले स्थानीय, हाइब्रिड तथा मालभोग र हरियो जातका (जिनाइन) केरा खेतीगर्नुभएको छ ।  उत्पादन पनि राम्रो र मूल्य पनि राम्रो भएकाले फाइदा हुने उहाँको भनाइ छ । इनरुवा–९ बबियाकै अर्का किसानश्यामप्रसाद यादवले पनि पाँच बिघामा केरा खेती गर्नुभएको छ । यस वर्ष बालीमा धेरै रोग नलागेको र हावाहुरीलेपनि क्षति नगरेको तथा एक महिनायता बजारमा अहिलेसम्मकै उच्च मूल्य पाएकाले सोचेभन्दा बढी फाइदा हुनेउहाँले बताउनुभयो । बबियाकै किसान दिनेश मेहताले १२ वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । उहाँले पनियस वर्ष बगानबाटै ५–७ रुपियाँ प्रतिकोसा मूल्यमा केरा बिक्री गरिरहनुभएको छ ।  मेहताका अनुसार प्रतिकोसा चार रुपियाँसम्म मूल्य पाएमा किसानलाई घाटा नहुने अवस्था हुन्छ । उहाँले गत वर्ष१–२ रुपियाँमै बिक्री गर्न बाध्य भएको उल्लेख गर्दै सरकारले सीमानाकामा कडाइ गरेपछि भारतीय केरा आयातघटेकाले नेपाली किसानले उचित मूल्य पाएको बताउनुभयो । उहाँका अनुसार अहिले उहाँको सातामा दुई गाडीकेरा बिक्री भइरहेको छ र काठमाडौँ, पोखरा तथा नारायणगढका व्यापारीलाई बिक्री भइरहेको छ ।किसानहरूका अनुसार चैत, वैशाख, जेठ, असार र साउन केरा बिक्रीका लागि राम्रो समय हो । तर अघिल्ला वर्षहरूमा यही अवधिमा प्रतिकोसा तीन रुपियाँभन्दा माथि नपुगेकाले किसान निराश हुने गरेका थिए। यस वर्षको मूल्य निरन्तर कायम रहेमा प्रतिबिघा तीन लाखदेखि साढे पाँच लाख रुपियाँसम्म नाफा हुन सक्नेकिसानहरूको अनुमान छ । हाल किसानले प्रतिदर्जन ६० देखि ८४ रुपियाँमा बिक्री गरिरहेका छन् भने बजारमा१५० देखि २०० रुपियाँसम्म बिक्री भइरहेको छ ।  कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा प्रतिहेक्टर २८ देखि ३० मेट्रिक टन केरा उत्पादन हुन्छ । सुनसरीमा६ सय ७५ हेक्टर क्षेत्रमा केरा खेती हुँदै आएको छ । नेपालमा कुल केरा उत्पादन तीन लाख ८ हजार ३८८ मेट्रिकटन रहेको र यो कुल मागको करिब ६० प्रतिशत रहेको व्यापारी दीपक यादवले जानकारी दिनुभयो ।
समाज

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्री रोक्न माग

चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिमदेखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा...
समाज

बुटवलमा सुकुम्वासीको बृहत् प्रदर्शन

काठमाडोौं | देशभरका सुकुम्वासीले आइतबार (जेठ ३) रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग छ । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्गचौराहाबाट प्रदर्शन सुरु भएको थियो । त्यहाँबाट प्रदर्शन तथा र्‍याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदैट्राफिक चोकमा पुगेर कोषसभामा परिणत भएको छ । प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्वासी सहभागी छन् । सरकारले विकल्पबिना सुकुम्बासी तथाअव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएको, लखेट्ने कार्य गरेकाले प्रदर्शन गरिएको संघर्ष समितिकासंयोजक खगेन्द्र पौडेलले बताए । सरकारले दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका करिब १२लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका पौडेलको भनाइ छ ।
कोशी प्रदेश शिक्षा

एसईई नतिजा : रामधुनी–३ को जनता माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी...

रामधुनी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रामधुनी नगरपालिका–३ को जनता माध्यमिक विद्यालयसमेत कमजोर देखिएको छ ।...
अन्तर्राष्ट्रिय समाचार

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गयो

भारत | भारतको उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको ज्यान गएको छ । दर्जनौँ...
अर्थ / व्यवसाय कोशी प्रदेश समाज

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन...

विराटनगर :| कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु सुरु हुने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ६ गते अपराह्न ३ः०० बजेदेखिविराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकले ‘तथ्याङ्क नियमावली, २०८२’ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने, ‘कोशी प्रदेश योजना आयोग गठन सञ्चालनआदेश, २०८३’ लाई कानुन न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिताघिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए। त्यस्तै, सङ्घीय सरकारबाट सरुवा भई आउनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र ‘आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३’ लाईकानुन, न्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिए।