कोशी प्रदेश
प्रविधि (Technology)
मल्टिमिडिया (Multimedia)
विज्ञान
शिक्षा
विराटनगर | नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार तानाशाह प्रवृत्तिमा उन्मुख भएको आरोपलगाएकी छन् । विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्षशर्माले सरकारले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिइन् । विज्ञापन वितरणमा सरकारले देखाएको रवैयाप्रति अध्यक्ष शर्माले सरकारले आफ्नो निर्णय नसच्याउञ्जेलआन्दोलन जारी रहेको बताइन् । सरकार तानाशाह बन्दै गएको बताएकी अध्यक्ष शर्माले सरकारले तानाशाह हुँदैमिडिया कब्जा गर्ने प्रयासमा रहेको उल्लेख गरिन् । करिब दुई–तिहाई बहुमतको सरकार नै लोकतन्त्रको लागि संकट बन्न सक्ने देखिएको उनको भनाई छ । उनलेसरकारको निर्णयप्रति पत्रकारहरु एक हुँदै आन्दोलनमा होमिने चेतावनी दिइन् । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा देश सञ्चारका अध्यक्ष रविनकुमारदाहालले पत्रकारहरुले बेथिति र अराजकताविरुद्ध प्रश्न गरिरहनुपर्नेमा जोड दिए । उपाध्यक्ष दाहालले भने, ‘पछिल्लोसमय सञ्चारक्षेत्रसँगै नीजि क्षेत्रपनि त्रासको वातावरणमा रहेको छ । पहिलो सुन्ने र थुन्ने भन्ने थियो ।तर अहिले थुन्ने र सुन्नेमा सरकार केन्द्रित भएको छ।’ उद्योग व्यापारी पत्रकारसँगसँगै हिडिरहेको बताउँदै उपाध्यक्ष दाहालले भने, उद्योगी व्यापारी पत्रकारसँगै सहकार्यगर्न हिँडेको छ । पत्रकारले प्रश्न गर्ने कुरा बिर्सनु हुँदैन । पत्रकारिता क्षेत्र वाच डगका रुपमा रहनुपर्छ । पत्रकारलेराम्रो विषयलाई पनि उठान गर्नुपर्छ र नराम्रो विषयको पनि उजागर गर्नुपर्छ।’ कार्यक्रममा महासंघका सदस्य हुँदै विद्यावारिधी गर्ने डा. रामचन्द्र अधिकारी, शाखामा विगत २९ वर्षदेखि निरन्तरकार्यरत दिपक फुँयाल र न्यूरो अस्पताललाई सम्मान गरिएको थियो । सोही क्रममा सरकारले गरेको निर्णयप्रतिहस्ताक्षर अभियान गरिएको थियो । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, विराटनगर महागनरपालिकाका मेयर नागेशकोइराला तथा महासंघका पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो ।