स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कस्तूरी कलेजमा साउन विशेष मेहेन्दी प्रतियोगिता सम्पन्न

इटहरी । साउन महिनाको पावन अवसर पारेर कस्तूरी कलेज, इटहरीमा साउन विशेष मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीमा रहेको रचनात्मक प्रतिभा उजागर गर्नुका साथै सांस्कृतिक परम्परालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल न्यौपानेले किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र व्यावहारिक कलाले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

प्रतियोगितामा सौन्दर्य क्षेत्रका विशेषज्ञ तथा ब्युटिसियन रक्षा काफ्ले र विदुषा कोइरालाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले निर्णायकको मूल्याङ्कनका आधारमा आफ्ना हातमा आकर्षक मेहेन्दीका बुट्टा भरेर कलात्मक कौशल प्रस्तुत गरेका थिए।

कडा प्रतिस्पर्धाबीच BBA चौथो सेमेस्टरकी शीतला नेपाल प्रथम हुन सफल भइन्। त्यस्तै, कक्षा १२ ‘E’ की मोनिका पुरी द्वितीय र कक्षा ११ की सारा शाह तृतीय भइन्।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूलाई कलेज प्रशासनका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *