स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेल्टा कोशीको पाँचौँ नेतृत्व सम्मेलन शनिबार हुँदै

इटहरी । नेपाल इंग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (NELTA) कोशी प्रदेशको आयोजनामा पाँचौँ NELTA Koshi Province Leadership Symposium शनिबार मोरङको सुन्दरहरैँचास्थित गोदावरी रिसोर्टमा आयोजना हुने भएको छ ।

‘From Prospective to Prepared Leaders’ अर्थात् सम्भावनायुक्त नेतृत्वबाट तयार नेतृत्वतर्फ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलन शनिबार भोली बिहान ७ः३० बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा NELTA केन्द्रका अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली र NELTA केन्द्रकी Immediate Past President एसोसिएट प्रोफेसर डा. मोटिकला सुब्बा देवान Keynote Speaker का रूपमा सहभागी हुनेछन् । त्यस्तै, काठमाडौंस्थित अमेरिकी दूतावासका RELO Program Specialist विश्वराज गौतम Plenary Speaker का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ

कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सहभागी भएर प्राप्त गरेका ज्ञान, सिकाइ र अनुभवको Reflection Sharing गरिने भएको छ । त्यसमा NELTA कोशीका अध्यक्ष गुणराज नेपाल, NELTA कोशीका महासचिव तथा ICAELS 2025 का महासचिव रवीन्द्र बराल, NELTA सुनसरीका सचिव विष्णु कार्की र NELTA झापाका सचिव केशव उप्रेतीले आफूहरू सहभागी भएका अन्तर्राष्ट्रिय सम्मेलन तथा शैक्षिक कार्यक्रमबाट प्राप्त सिकाइ र अनुभव सहभागीहरूमाझ साझा गर्नेछन् ।

गुणराज नेपालले IATEFL UK, रवीन्द्र बरालले Australia मा भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, विष्णु कार्कीले TESOL USA तथा केशव उप्रेतीले MELTA Malaysia मा प्राप्त गरेका अनुभव तथा सिकाइलाई कार्यक्रममा प्रस्तुत गर्नेछन् ।

नेतृत्व विकास, अंग्रेजी भाषा शिक्षणको व्यावसायिक विकास तथा शिक्षकहरूबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको NELTA कोशीका महासचिव रवीन्द्र बरालले बताए ।
सम्मेलनमा कोशी प्रदेश सहित विभिन्न क्षेत्रबाट अंग्रेजी भाषा शिक्षक तथा अंग्रेजी भाषा शिक्षणसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । NELTA कोशी प्रदेशले सम्मेलनमार्फत सम्भावना भएका शिक्षक तथा शैक्षिक क्षेत्रका जनशक्तिलाई नेतृत्वका लागि तयार पार्ने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने र अंग्रेजी भाषा शिक्षण क्षेत्रमा नयाँ सम्भावनाबारे छलफल गर्ने उद्देश्य लिएको जनाएको छ ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *