स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सीप सिकाउँदै सेवा क्षेत्रसँग जोडिँदै ‘सनसाइन’

मिलन अधिकारी
इटहरी । होटल तथा पर्यटन क्षेत्र आफैंमा सेवा क्षेत्र हो । यस क्षेत्रमा काम गर्ने जनशक्तिमा सीप, दक्षता र व्यवहारिक ज्ञान आवश्यक हुन्छ । यही आवश्यकतालाई मध्यनजर गर्दै इटहरीमा सञ्चालनमा रहेको सनसाइन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टले विद्यार्थीलाई होटल तथा पर्यटनसम्बन्धी सीप सिकाउँदै सेवा क्षेत्रसँग जोड्ने काम गरिरहेको छ ।
संस्थाको उद्देश्य विद्यार्थीलाई कक्षाकोठामा राखेर पढाउने र प्रमाणपत्र दिने मात्र होइन । सीप सिकाउने, सीपलाई सेवा क्षेत्रमा प्रयोग गर्न सक्ने बनाउने र त्यसैसँग सम्बन्धित व्यवसाय तथा रोजगारीसँग जोड्ने संस्थाको मुख्य उद्देश्य रहेको छ ।


विगत ८ वर्ष अगाडी २०७६ सालमा इटहरीको जुट विकासबाट २४ जना विद्यार्थीलाई लिएर सुरु भएको संस्थाले अहिले आफ्नो सेवा विस्तार गर्दै आइतबारेमा सञ्चालन भइरहेको छ । विद्यार्थी तथा सेवाग्राहीका लागि सहज पहुँच र उपयुक्त स्थानका कारण संस्था आइतबारेमा सारिएको हो । सुरुवाती समयमा चीनको एक कलेजसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै अघि बढेको संस्थाको यात्रा कोभिड-१९ महामारीका कारण करिब एक वर्ष प्रभावित भयो । तर, महामारीको अवस्था सामान्य भए सँगै संस्था पुनः सञ्चालनमा आयो ।


संस्थाका प्रिन्सिपल दिलीप पौडेलका अनुसार चुनौतीका बीच पनि संस्था विगत करिब आठ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ । पौडेल स्वयंले वैदेशिक रोजगारीका क्रममा करिब १० वर्ष दुबईमा होटल क्षेत्रमा काम गर्दा हासिल गरेको अनुभवलाई समेत अहिले नेपाल मै युवालाई सीप सिकाउने काममा जोड्दै आउनुभएको छ ।
होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिले ग्राहक सेवा, खानपान, आतिथ्यता, व्यवस्थापनलगायतका विभिन्न पक्षमा दक्ष हुनुपर्ने हुन्छ । त्यसैले संस्थाले विद्यार्थीलाई सम्बन्धित क्षेत्रको व्यावहारिक सीप प्रदान गर्दै सेवा क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ ।
हाल संस्थामा करिब ३० जना विद्यार्थी अध्ययनरत छन् भने १० जना कर्मचारी तथा प्रशिक्षक कार्यरत छन् । स्थापनादेखि हालसम्म करिब ४५० जना विद्यार्थीले डिप्लोमा कोर्स पूरा गरिसकेको संस्थाले जनाएको छ ।


हाल संस्थाले प्रोफेसनल बेकरी, प्रोफेसनल बारटेन्डिङ, डिप्लोमा इन होटल म्यानेजमेन्ट, प्रोफेसनल बरिस्ता, प्रोफेसनल हाउसकिपिङ तथा सुसी एन्ड कन्टिनेन्टल कुकिङ लगायतका विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ । यी तालिमहरू होटल, रेस्टुरेन्ट तथा आतिथ्य सत्कारसँग जोडिएका सेवा क्षेत्रका लागि आवश्यक सीपमा केन्द्रित छन् । छोटो अवधिका तालिममार्फत विद्यार्थीलाई व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने तथा लामो अवधिको डिप्लोमा कोर्समार्फत होटल व्यवस्थापनसम्बन्धी विस्तृत ज्ञान दिने गरिएको छ ।


संस्थाले मध्यम तथा निम्न वर्गीय परिवारका विद्यार्थीलाई समेत लक्षित गर्दै उनीहरूको आर्थिक अवस्थालाई ध्यानमा राखेर विभिन्न प्याकेजमा तालिम प्रदान गर्दै आएको जनाएको छ । यहाँ आउने विद्यार्थीलाई उनीहरूको रुचि र क्षमताअनुसार कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा परामर्श र करियर गाइडलाइन समेत दिइन्छ । होटलमा रोजगारी गर्न चाहनेदेखि बेकरी, बरिस्ता, बारटेन्डिङ वा हाउसकिपिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने विद्यार्थीलाई सम्बन्धित सीप सिकाएर सेवा क्षेत्रमा प्रवेश गर्न सहज बनाउने प्रयास संस्थाले गर्दै आएको छ ।


त्यसैगरी, सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने विद्यार्थीलाई समेत आवश्यक परामर्श र मार्गदर्शन दिने गरिएको छ । अर्थात्, संस्थाले विद्यार्थीलाई सीप सिकाउने मात्र होइन, सिकेको सीपलाई रोजगारी र व्यवसायमा प्रयोग गर्ने बाटोसमेत देखाउने गरेको छ । तालिम पूरा गरेका विद्यार्थीलाई रोजगारीको अवसर खोज्न सहयोग गर्ने उद्देश्यले संस्थाले १०० प्रतिशत जब प्लेसमेन्ट असिस्टेन्सको व्यवस्था गरेको जनाएको छ ।


संस्थाका संचालक प्रिन्सिपल दिलीप पौडेल सहित सफल पौडेल, सुजन पुरी, चन्द्र देवकोटा, दीपक खतिवडा र अनिल जोशी लगायतको टिमले संस्थालाई अघि बढाइरहेको छ ।
नेपालमा होटल तथा पर्यटन क्षेत्र विस्तार हुँदै जाँदा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता पनि बढिरहेको छ । यस्तो अवस्थामा आवश्यक सीपसहितको जनशक्ति उत्पादन गर्दै सेवा क्षेत्रको व्यवसाय र रोजगारीसँग जोड्ने संस्थाको भूमिका महत्वपूर्ण बन्न सक्छ ।


सनसाइन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टको यात्रा पनि यही उद्देश्यतर्फ केन्द्रित छ – सीप सिकाउने, सेवा क्षेत्रका लागि दक्ष जनशक्ति तयार गर्ने र विद्यार्थीलाई रोजगारी तथा व्यवसायसँग जोड्ने । यसरी हेर्दा, सनसाइन एउटा शैक्षिक संस्था मात्र होइन, होटल तथा पर्यटनसँग जोडिएको सेवा क्षेत्रमा प्रवेश गर्न चाहने युवाका लागि सीप, परामर्श र अवसरबीचको माध्यमका रूपमा काम गरिरहेको संस्थाका रूपमा अघि बढिरहेको छ ।

सनसाइन भवन

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *