पथरी । त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित बीबीएस तेस्रो वर्षको नतिजामा रेडस्टार (ऋतम्भरा बहुमुखी क्याम्पस), पथरी शनिश्चरेले उत्कृष्ट नतिजा हासिल गरेको छ।
प्रकाशित नतिजाअनुसार क्याम्पसकी प्रतिमा कार्कीले ८०.८० प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा ल्याएकी छन्।
त्यस्तै, मल्लिका पोख्रेलले ७४.२० प्रतिशत, अशोक सापकोटाले ६८ प्रतिशत, पुरन बेघा लिम्बूले ६५.८० प्रतिशत र रुजा अधिकारीले ६४.८० प्रतिशत अंक प्राप्त गरेका छन्।














