कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

Listen to this article
1 minute read

विराटनगर :| कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ  गतेदेखि सुरु सुरु हुने भएको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ  गते अपराह्न ३ः०० बजेदेखिविराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकले ‘तथ्याङ्क नियमावली२०८२’ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने, ‘कोशी प्रदेश योजना आयोग गठन सञ्चालनआदेश२०८३’ लाई कानुन न्याय समितिमा पठाउने  आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिताघिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

त्यस्तैसङ्घीय सरकारबाट सरुवा भई आउनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने  ‘आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन२०८३’ लाईकानुनन्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिए।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *