बलराम बस्नेत: सानो लगानीबाट सुरु भएको यात्रा, अब उद्योग वाणिज्य संघमार्फत व्यवसायीको सेवामा लाग्ने योजना

Listen to this article
1 minute read

इटहरी । सानो लगानीबाट सुरु गरेको हेल्लो मोबाइल सर्भिसलाई आज इटहरीकै विश्वासिलो मोबाइल पसलका रूपमा स्थापित गर्न सफल भएका युवा व्यवसायी बलराम बस्नेत अहिले उद्योग वाणिज्य संघ इटहरीको सदस्य पदका उम्मेदवारका रूपमा व्यवसायीको विश्वास जित्ने अभियानमा छन्।

व्यवसायलाई केवल व्यापारमा सीमित नराखी ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने माध्यमका रूपमा अघि बढाएका बस्नेतले सामाजिक सञ्जाल र आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्दै आफ्नो व्यवसायलाई सफल बनाएका हुन्। उनी हाल सुनसरी मोबाइल व्यवसायी संघका अध्यक्ष समेत रहेका छन्।

बस्नेतले प्रविधिमैत्री व्यवसायिक वातावरण निर्माण गर्दै सबै उद्योगी–व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्ने लक्ष्य रहेको बताएका छन्। मोबाइल व्यवसायसँगै इटहरीका सम्पूर्ण व्यवसायीको हित, क्षमता अभिवृद्धि र व्यवसायिक विकासका लागि आफू सक्रिय भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा नवराज काफ्ले नेतृत्वको प्यानलबाट सदस्य पदका उम्मेदवार बनेका बस्नेतले व्यवसायीहरूलाई आफ्नो पक्षमा मतदान गरी साथ र सहयोग गर्न आग्रह गरेका छन्।

भोलि (शनिबार) हुने निर्वाचनमा मतदान बिहान ९ बजेदेखि इटहरी–५ स्थित ज्योति माध्यमिक विद्यालयमा सुरु हुने निर्वाचन समितिले जनाएको छ। सदस्य पदका उम्मेदवार बस्नेतले सक्षम, प्रविधिमैत्री र व्यवसायीमैत्री नेतृत्व निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै सम्पूर्ण मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *