एसईई नतिजा : रामधुनी–३ को जनता माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी फेल, १०१ जनाले एसईई दिए, तर २८ जना मात्रै पास

Listen to this article
1 minute read

रामधुनी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रामधुनी नगरपालिका–३ को जनता माध्यमिक विद्यालयसमेत कमजोर देखिएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले हाम्रोशब्दलाई उपलब्ध गराएको विवरणअनुसार जनता माध्यमिक विद्यालयबाट एसईई दिएका १०१ जना विद्यार्थीमध्ये जम्मा २८ जना मात्रै ग्रेडेड (पास) भएका छन् भने बाँकी ७३ जना विद्यार्थी ननग्रेडेड (फेल) भएका छन् ।

विद्यालयमा प्राविधिक धारतर्फ भने करिब ७१ प्रतिशत विद्यार्थी पास भएका छन् । प्राविधिकतर्फ कुल १४ जनाले एसईई दिएकामा १० जना विद्यार्थी पास भएका छन् ।

NewsUpdate

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *