स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा ‘द लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२६’ को ग्रान्ड फिनाले सम्पन्न

इटहरी । सन् २००२ मा स्थापना भई बालबालिकासम्बन्धी सौन्दर्य प्रतियोगितामा निरन्तर सक्रिय रहँदै आएको संस्था ‘ग्ल्यामरस नेपाल’को आयोजनामा ‘द लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२६’को ग्रान्ड फिनाले इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ।

साउन ३० गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ४ बजेदेखि सुरु भएको प्रतियोगिताको अन्तिम नतिजा राति ९ बजे घोषणा गर्दै विजेताहरूलाई ताज पहिराइएको थियो।

प्रतियोगिताअन्तर्गत ‘प्रिन्सेस सिनियर’को उपाधि युमी राईले जितेकी छन्। प्रजिता राउत फर्स्ट रनरअप र ऐश्वर्य बस्नेत सेकेन्ड रनरअप घोषित भए। ‘प्रिन्स सिनियर’तर्फ सेसेहाङ लिम्बुले उपाधि हात पारे।

त्यस्तै, ‘प्रिन्सेस जुनियर’तर्फ इङ्लाम राई विजेता बन्दा जियाना पौडेल फर्स्ट रनरअप र सामिया बिष्ट सेकेन्ड रनरअप भइन्। ‘प्रिन्स जुनियर’तर्फ प्रसुन चौधरी विजेता तथा आर्यन चौधरी फर्स्ट रनरअप बने।

‘प्रि जुनियर’ विधामा आरुन्या कार्कीले उपाधि जित्दा प्रदिती मगर फर्स्ट रनरअप र डेनिशा अधिकारी सेकेन्ड रनरअप घोषित भइन्।

प्रतियोगितामा प्रतिस्पर्धीहरूको प्रतिभा तथा क्षमता मूल्याङ्कन गर्न मिसेस पूर्वेली आइकन २०२५ दोस्रो संस्करणकी विजेता मेघा खड्का, तरहरा जेसिजका पूर्व अध्यक्ष तथा पर्सनालिटी डेभलपमेन्ट ट्रेनर सुनिल तिम्सिना र नेशनल ब्युटिसियन युनियन अफ नेपालकी अध्यक्ष एवं इटहरी लेडी जेसीजकी सचिव पूजा भट्टराई निर्णायकका रूपमा रहेका थिए।

कार्यक्रममा विभिन्न विशेष तथा सब–टाइटल अवार्डसमेत प्रदान गरिएको थियो। ‘बेस्ट ड्रेस’ अवार्ड प्रसुन चौधरी र इङ्लाम राईले प्राप्त गरे। दर्शकको सर्वाधिक मत प्राप्त गर्दै ‘अडियन्स च्वाइस अवार्ड’ युमी राई, जियाना पौडेल र आरुन्या कार्कीले जिते।

‘प्रिन्सेस सिनियर’तर्फ ऐश्वर्य बस्नेतले बेस्ट ट्यालेन्ट, प्रजिता राउतले ब्युटिफुल हेयर र युमी राईले ब्युटिफुल वाकको अवार्ड प्राप्त गरे। ‘प्रिन्सेस जुनियर’तर्फ स्तुति रेग्मी मस्ट कन्फिडेन्ट, जियाना राई मोस्ट ब्युटिफुल, सुभानी श्रेष्ठ बेस्ट ट्यालेन्ट र अमी राई मोस्ट डिसिप्लेन घोषित भए।

यसै विधामा इङ्लाम राईले ब्युटिफुल पर्सनालिटी, परिधि लिम्बुले बेस्ट पर्फमेन्स, शाम्य बिष्टले मोस्ट इन्टेलिजेन्ट र स्यारोन राईले ब्युटिफुल फोटोजेनिक अवार्ड प्राप्त गरे।

‘प्रिन्स सिनियर’तर्फ सेसेहाङ लिम्बुले बेस्ट ट्यालेन्टको अवार्ड जिते भने ‘प्रिन्स जुनियर’तर्फ परसुराम चौधरीले बेस्ट ट्यालेन्ट र आर्यन चौधरीले मोस्ट डिसिप्लेन अवार्ड प्राप्त गरे।

‘प्रि जुनियर’तर्फ आरुषी कार्की मोस्ट क्युट, आरुही कार्की ब्युटिफुल स्माइल, डेनिशा अधिकारी बेस्ट कन्फिडेन्ट र शिराचना तुम्सा लिटिल कन्जेनियालिटी घोषित भए। आरुन्या कार्कीले बेस्ट ट्यालेन्ट, प्रदिती मगरले मोस्ट ब्युटिफुल र बिद्या बिकले बेस्ट चार्मिङ अवार्ड प्राप्त गरे।

बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ग्ल्यामरस नेपालले जनाएको छ। प्रतियोगिताले सहभागी बालबालिका तथा अभिभावकमा उत्साह थपेको आयोजकको भनाइ छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *