इटहरी । थारू समुदायको कला, संस्कृति, पहिचान तथा प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको Mr. & Miss Tharu Heritage 2649 को Talent Round भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा थारू समुदायका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, गायक, मोडल, समाजसेवी, अभिभावक तथा प्रतियोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका मूल खम्बा तथा सदस्य सचिव/CEO Git Narayan Chaudhary को नेतृत्वमा कार्यक्रमलाई यहाँसम्म ल्याउन सफल भएको भन्दै आयोजकले उहाँप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रममा थारू फिल्मकी पहिलो नायिका Nilam Biswas विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, थारू चलचित्र तथा सांस्कृतिक संघ, सुनसरीकी अध्यक्ष Janaki Chaudhary लगायत विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
Talent Round का निर्णायकका रूपमा चर्चित थारू गायक Prakash Majhi, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का महासचिव तथा अभिनेता Dinesh Koirala, चर्चित थारू मोडल Prince Navnit Chaudhary, समाजसेवी तथा Tharu Village की प्रोप्राइटर Sita Tharuni, चर्चित थारू नायक Jay Chaudhary, Manita Chaudhary, चर्चित नायिका Sanam Chaudhary, मोडल Govinda Chaudhary र Niks Tharu लगायतको सहभागिता रहेको थियो।
Talent Round मा प्रतियोगी बालबालिकाहरूले गायन, नृत्य, अभिनय तथा विभिन्न सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले बालबालिकाभित्र लुकेको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गरेको थियो।
कार्यक्रममा Sumik Sardar ले समेत जोरदार प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।
आफ्ना छोराछोरीलाई हौसला, साथ र सहयोग दिँदै प्रतियोगितासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण अभिभावक, प्रतिभाशाली प्रतियोगी, मेहनती Mr. & Miss Tharu Heritage 2649 टिम तथा कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वप्रति आयोजकले हार्दिक स्वागत तथा आभार व्यक्त गरेको छ।
Mr. & Miss Tharu Heritage 2649 केवल एउटा पेजेन्ट मात्र नभई थारू समुदायको पहिचान, कला, संस्कृति र प्रतिभालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
“प्रतिभालाई अवसर, संस्कृतिलाई सम्मान र पहिचानलाई संरक्षण—Mr. & Miss Tharu Heritage 2649।”














