इटहरी । इटहरीमा सञ्चालित 64 Delivery ले आफ्नो दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा केक काट्नुका साथै सांस्कृतिक साँझसमेत आयोजना गरिएको थियो।
64 Delivery का सञ्चालक अनिश सुवेदीका अनुसार ग्राहकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले रात्रीकालीन सेवालाई थप विस्तार गरिँदैछ। विशेषगरी रातको समयमा खाना तथा फास्टफुडका परिकारको डेलिभरी सेवा विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
सुवेदी राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्तिका रूपमा परिचित छन्। व्यवसायमा समेत संलग्न सुवेदीले 64 Delivery सञ्चालन गर्दै आएका छन् भने उनको कपी व्यवसायलगायत अन्य व्यवसायिक गतिविधिसमेत रहेको छ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा केक काटेर खुसी साटासाट गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत राखिएको थियो।
सञ्चालक सुवेदीले आगामी दिनमा सेवाको दायरा थप फराकिलो बनाउँदै ग्राहकलाई अझ छिटो, सहज र भरपर्दो डेलिभरी सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए।














