स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

प्रदेश प्रहरी प्रमुखसँग Gen Z प्रतिनिधिको भेट, मोरङ प्रहरीबारे आएका अतिरञ्जित समाचारप्रति ध्यानाकर्षण

विराटनगर | कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालसँग The Council of Gen Z का प्रतिनिधिहरूले मंगलबार भेटघाट गर्दै प्रदेशको शान्ति सुरक्षा, प्रहरी–समुदाय सम्बन्ध तथा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन्।

प्रतिनिधिहरूले कोशी प्रदेश प्रहरी कार्यालय, रानी पुगेर प्रदेश प्रहरी प्रमुख खनाललाई स्वागत गर्दै शान्ति सुरक्षा, कानुन कार्यान्वयन तथा समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

भेटका क्रममा पछिल्लो समय मोरङका केही व्यावसायिक घरानामा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा गरिएको छापा तथा कारबाहीलाई केही सञ्चारमाध्यमले प्रहरीको भूमिकालाई नै नकारात्मक ढंगले व्याख्या गर्दै अतिरञ्जित रूपमा प्रस्तुत गरेको विषयमा प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका थिए।

The Council of Gen Z Morang का संयोजक राम खत्रीका अनुसार तथ्य, प्रमाण र आधिकारिक जानकारीका आधारमा मात्र समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिँदै प्रहरी संगठनको मनोबलमा असर पुग्ने गरी गरिने अतिरञ्जित प्रस्तुतीकरणबाट सञ्चारमाध्यमहरू सचेत हुनुपर्ने धारणा राखिएको थियो।

प्रतिनिधिहरूले कानुन कार्यान्वयन र न्याय सम्पादनका क्रममा प्रहरीले व्यापारी, विशिष्ट व्यक्ति (VIP) वा राजनीतिक पहुँचका आधारमा नभई सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने सुझाव पनि दिएका छन्। साथै प्रदेश मातहतका प्रहरी कर्मचारीहरूले कुनै पनि प्रकारको राजनीतिक वा अन्य दबाबमा नपरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।

भेटघाट फलदायी भएको जनाउँदै प्रतिनिधिहरूले प्रहरी र नागरिकबीच विश्वास, सहकार्य र निरन्तर संवादलाई अझ सुदृढ बनाउन यस्ता अन्तरक्रियालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *