भोजपुर | भोजपुरको रामप्रसादराई गाउँपालिकामा श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ। सुदन किराँती समूह (प्रगतिशील लोकतान्त्रिक पार्टी) र श्रम संस्कृति पार्टीबीच समायोजन गर्दै गाउँपालिका स्तरीय एकता तथा संगठन पुनर्गठन बैठक सम्पन्न भएको हो।
बैठकले ४३ सदस्यीय गाउँपालिका पार्टी समिति पुनर्गठन गर्नुका साथै सबै वडा समितिको गठन तथा पुनर्गठनलाई अगाडि बढाउने निर्णय गरेको छ।
पुनर्गठित समितिको अध्यक्षमा विष्णु राई चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा रोशन राई, शोमकुमार राई र जय राई, सचिवमा किरण चाम्स, सह–सचिवमा रमेश बीके र तीर्थराज गिरी, कोषाध्यक्षमा प्रशान्त जिज्ञासु, सह–कोषाध्यक्षमा उर्मिला राई तथा प्रवक्तामा उद्दिम राई चयन भएका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हेमन्त राईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। कार्यक्रममा प्रदेश समिति सदस्य बलभद्र राई, टिकाराम गिरी र अमृत राई, जिल्ला अध्यक्ष दिपाल राई तथा जिल्ला प्रवक्ता प्रकाशसिंह राईको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य हेमन्त राईले पार्टीलाई वडा–वडासम्म सुदृढ बनाउँदै जनताको विश्वास जित्ने अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाइने बताए। उनले संगठन सुदृढीकरणसँगै जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर पार्टीलाई जनतामाझ थप सक्रिय बनाइने धारणा व्यक्त गरे।
बैठकले सबै वडा समितिको गठन तथा पुनर्गठन कार्यलाई तीव्रता दिने निर्णयसमेत गरेको जनाएको छ। पार्टी नेतृत्वले संगठन विस्तारसँगै स्थानीय जनताका समस्या र सरोकारलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।














