स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सरकार तानाशाह भयो, अब आन्दोलनमा होमिन्छौँ: अध्यक्ष शर्मा

विराटनगर | नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार तानाशाह प्रवृत्तिमा उन्मुख भएको आरोपलगाएकी छन्  विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्षशर्माले सरकारले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउनुपर्नेमा जोड दिइन् 

विज्ञापन वितरणमा सरकारले देखाएको रवैयाप्रति अध्यक्ष शर्माले सरकारले आफ्नो निर्णय नसच्याउञ्जेलआन्दोलन जारी रहेको बताइन्  सरकार तानाशाह बन्दै गएको बताएकी अध्यक्ष शर्माले सरकारले तानाशाह हुँदैमिडिया कब्जा गर्ने प्रयासमा रहेको उल्लेख गरिन् 

करिब दुईतिहाई बहुमतको सरकार नै लोकतन्त्रको लागि संकट बन्न सक्ने देखिएको उनको भनाई   उनलेसरकारको निर्णयप्रति पत्रकारहरु एक हुँदै आन्दोलनमा होमिने चेतावनी दिइन् 

सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा देश सञ्चारका अध्यक्ष रविनकुमारदाहालले पत्रकारहरुले बेथिति  अराजकताविरुद्ध प्रश्न गरिरहनुपर्नेमा जोड दिए  उपाध्यक्ष दाहालले भने, ‘पछिल्लोसमय सञ्चारक्षेत्रसँगै नीजि क्षेत्रपनि त्रासको वातावरणमा रहेको   पहिलो सुन्ने  थुन्ने भन्ने थियो तर अहिले थुन्ने  सुन्नेमा सरकार केन्द्रित भएको छ।

उद्योग व्यापारी पत्रकारसँगसँगै हिडिरहेको बताउँदै उपाध्यक्ष दाहालले भनेउद्योगी व्यापारी पत्रकारसँगै सहकार्यगर्न हिँडेको   पत्रकारले प्रश्न गर्ने कुरा बिर्सनु हुँदैन  पत्रकारिता क्षेत्र वाच डगका रुपमा रहनुपर्छ  पत्रकारलेराम्रो विषयलाई पनि उठान गर्नुपर्छ  नराम्रो विषयको पनि उजागर गर्नुपर्छ।

कार्यक्रममा महासंघका सदस्य हुँदै विद्यावारिधी गर्ने डारामचन्द्र अधिकारीशाखामा विगत २९ वर्षदेखि निरन्तरकार्यरत दिपक फुँयाल  न्यूरो अस्पताललाई सम्मान गरिएको थियो  सोही क्रममा सरकारले गरेको निर्णयप्रतिहस्ताक्षर अभियान गरिएको थियो 

कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलविराटनगर महागनरपालिकाका मेयर नागेशकोइराला तथा महासंघका पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो 

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *