सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिबारे अनुसन्धान हुँदै

सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिबारे अनुसन्धान हुँदै
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’बाट २४ जना कोरियाली नागरिक पक्राउ परेका छन्। आज दिउँसो करिब साढे ३ बजे कलेजमा आयोजित धार्मिक प्रशिक्षण तथा कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले भिसाको उद्देश्यविपरीत धार्मिक शिक्षा, तालिम वा प्रचा...

सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
सुन्दरहरैँचा (मोरङ) : चाडपर्वको उल्लाससँगै स्थानीय उत्पादन, मौलिक खानपान, व्यापार, पर्यटन र कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा–१०, विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा फेस्टिभल सञ्चालन हुने भएको हो। ...

सुन्दरहरैँचामा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता सम्पन्न, हिमालयले तीनै तहमा बाजी मार्‍यो

सुन्दरहरैँचामा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता सम्पन्न, हिमालयले तीनै तहमा बाजी मार्‍यो
सुन्दरहरैँचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा सम्पन्न ‘अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता–२०८३’ मा हिमालय इङ्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै तहमा प्रथम स्थान हासिल गरेको छ। सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्...

सहमहामन्त्री संग्रौलाको ‘दादागिरी’ले मोरङ–६ कांग्रेस संकटमा परेको नेताहरूको आरोप : एक पक्षको बहिष्कारबीच ४८२ मत मात्रै खस्यो

सहमहामन्त्री संग्रौलाको ‘दादागिरी’ले मोरङ–६ कांग्रेस संकटमा परेको नेताहरूको आरोप : एक पक्षको बहिष्कारबीच ४८२ मत मात्रै खस्यो
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन विवाद, असन्तुष्टि र एक पक्षको बहिष्कारबीच सम्पन्न भएको छ। बुढीगंगा गाउँपालिका–३ स्थित राजवंशी खवास सामुदायिक भवनमा भएको निर्वाचनमा कुल ८८१ मतमध्ये ४८२ मत मात्र खसेको छ। क्षेत्रीय अधिवेशनका लागि ८७१ जना मतदाता तथा क्षेत्रीय सभापतिले मनोनयन गर्न पाउने १० जनासहित कुल ८८१ मत रहेको थियो। तर, एक पक्षका नेता तथा प्रतिनिधिहरू न...

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग
इटहरी | सुनसरीको  इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार इटहरी –२०८३’ मा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाताबाट ६ हजारभन्दा बढी जनशक्तिको माग आएको छ। रोजगारी खोजिरहेका व्यक्तिले मेलास्थलमै पुगेर रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् भने सरकारी अनलाइन पोर्टलमार्फत उपलब्ध रोजगारी हेरेर आवेदनसमेत दिन सक्ने व्यवस्था गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी व...

मोरङ–६ कांग्रेस अधिवेशनमा फेरि तनाव : सहमति बिना अधिवेशन गरिए सभापति लिम्बु र सहमहामन्त्री सङ्ग्रौलाले जिम्मेवारी लिनुपर्ने चेतावनी

मोरङ–६ कांग्रेस अधिवेशनमा फेरि तनाव : सहमति बिना अधिवेशन गरिए सभापति लिम्बु र सहमहामन्त्री सङ्ग्रौलाले जिम्मेवारी लिनुपर्ने चेतावनी
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद चर्किएका बेला एक पक्षले जबरजस्ती निर्वाचन प्रक्रिया अघि बढाइए त्यसबाट उत्पन्न हुने झडप वा अप्रिय घटनाको जिम्मेवारी नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु र केन्द्रीय सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले लिनुपर्ने चेतावनी दिएको छ। क्षेत्रीय अधिवेशनका क्रममा बुधबार सुन्दरहरैंचा–४ स्थित सिग्दे...

कोशीमा गाँजा ओसारपसारको जालो : ५६४ किलो गाँजासहित गाडी नियन्त्रणमा, चालक फरार

कोशीमा गाँजा ओसारपसारको जालो : ५६४ किलो गाँजासहित गाडी नियन्त्रणमा, चालक फरार
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : कोशी प्रदेश हुँदै ठूलो परिमाणमा गाँजा ओसारपसार हुने क्रम बढ्दै गएको संकेत देखिएको छ। सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट प्रहरीले ५६४ किलो गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएपछि कोशी प्रदेश गाँजा ओसारपसारको सम्भावित ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको विषय फेरि चर्चामा आएको छ। बुधबार राति करिब ११ः४० बजे विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको...

मोरङ–६ कांग्रेस अधिवेशन विवादमा सभापति तामाङको कडा प्रतिवाद : ‘लगाइएका आरोपमा कुनै सत्यता छैन’

मोरङ–६ कांग्रेस अधिवेशन विवादमा सभापति तामाङको कडा प्रतिवाद : ‘लगाइएका आरोपमा कुनै सत्यता छैन’
सुन्दरहरैँचा(मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनका क्रममा सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन परिसरमा भएको विवाद तथा झडपप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। क्षेत्रीय सभापति देवराज तामाङ र क्षेत्रीय सचिव दिपक भगतद्वारा जारी संयुक्त विज्ञप्तिमा निर्वाचनका लागि क्षेत्रीय सभापतिको हैसियत...

मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच विवाद, धकेलाधकेलको भिडियो भाइरल

मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच विवाद, धकेलाधकेलको भिडियो भाइरल
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को अधिवेशनका क्रममा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच विवाद भएको छ। मंगलबार अधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित प्रतिनिधिको भेलामा दुई नेताबीच भनाभन र धकेलाधकेल भएपछि घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। के हो विवाद? नेपाली कांग्रेस मोरङ–१ को क्षेत्रीय...

सुन्दरहरैंचामा ६ नेताको घेराबन्दीबीच देवराज तामाङको १८७ मत : कांग्रेसमा देखियो अर्को शक्तिको उदय

सुन्दरहरैंचामा ६ नेताको घेराबन्दीबीच देवराज तामाङको १८७ मत : कांग्रेसमा देखियो अर्को शक्तिको उदय
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस सुन्दरहरैंचा नगर कार्यसमितिको १५औँ अधिवेशनले होमनाथ पोखरेललाई नयाँ नगर सभापतिका रूपमा निर्वाचित गरेको छ। कुल ४९० मत खसेको निर्वाचनमा पोखरेलले २९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हरिबहादुर पौडेलले १८७ मत पाए। पोखरेल १०५ मतको अन्तरले विजयी भए। तर सुन्दरहरैंचा कांग्रेसको यो निर्वाचनको कथा केवल पोखरेलको विजयमा सीमित छैन। २९२ र १८७ को अंकभित्र कांग्रेसभित्रको...