विराटचोकमा असोज २५ देखि सुन्दरहरैँचा फुड फेस्टिभल, कात्तिक १० गतेसम्म सञ्चालन हुने

विराटचोकमा असोज २५ देखि सुन्दरहरैँचा फुड फेस्टिभल, कात्तिक १० गतेसम्म सञ्चालन हुने
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–विराटचोकस्थित औद्योगिक प्रदर्शनीस्थलमा आगामी असोज २५ गते घटस्थापनादेखि सुन्दरहरैँचा फुड फेस्टिभल आयोजना हुने भएको छ। कात्तिक १० गतेसम्म सञ्चालन हुने फेस्टिभललाई दशैँ–तिहारको उत्सवसँगै स्थानीय व्यवसाय प्रवर्द्धन गर्ने अवसरका रूपमा लिइएको छ। फेस्टिभलको तयारीस्वरूप आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य संघले प्रदर्शनीस्थलको सरसफाइ गर्नुका साथै आवश्यक व्यवस्थापनका क...

एफएनसीसीआईको व्यापार समितिको आमन्त्रित सदस्यमा गायत्री कटुवाल भण्डारी मनोनित

एफएनसीसीआईको व्यापार समितिको आमन्त्रित सदस्यमा गायत्री कटुवाल भण्डारी मनोनित
इटहरी । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीलाई व्यापार समितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य नवीन रिजालको सभापतित्वमा गठित व्यापार समितिमा भण्डारीलाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको हो। मनोनयनपछि भण्डारीले सोमबार प...

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु
इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्य...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आशिष प्याकुरेल युवा प्रतिनिधिका रूपमा प्रस्तुत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आशिष प्याकुरेल युवा प्रतिनिधिका रूपमा प्रस्तुत
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन–२०८३ का लागि सुनसरी क्षेत्र नं. २ बाट आशिष प्याकुरेललाई युवा महाधिवेशन प्रतिनिधिका रूपमा प्रस्तुत हुनु भएको छ । ३५ वर्षमुनिका युवा प्रतिनिधिका रूपमा प्रस्तुत प्याकुरेलले संगठन सुदृढीकरण, युवा सशक्तीकरण तथा जनताको विश्वासलाई प्राथमिकतामा राख्ने सन्देश दिएका छन्। “संगठन सशक्त, युवा नेतृत्व, नेपाली कांग्रेसको नयाँ यात्रा” भन्ने नारासहित युवा पुस्ताको सहभा...

सुनसरी–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सरोज गुरागाईंको उम्मेदवारी

सुनसरी–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सरोज गुरागाईंको उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ बाट सरोज गुरागाईंले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनलाई थप सुदृढ बनाउँदै विकास र समृद्धिको एजेन्डालाई अघि बढाउने उद्देश्यसहित गुरागाईंले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका हुन्। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई पार्टीको मूल आदर्शका रूपमा अघि सार्द...

धरानको महेन्द्र पथमा नेपाली जुत्ता घरको शाखा सञ्चालनमा

धरानको महेन्द्र पथमा नेपाली जुत्ता घरको शाखा सञ्चालनमा
धरान । स्वदेशमै उत्पादन भएका जुत्ता तथा चप्पलको प्रवर्द्धन गर्दै आएको नेपाली जुत्ता घरले धरानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। इटहरी र विराटचौकमा शाखा सञ्चालन गरिसकेको नेपाली जुत्ता घरले आफ्नो तेस्रो शाखाका रूपमा धरान–१२, महेन्द्र पथस्थित एनआईसी एसिया बैंकको तल्लोपट्टि रहेको नयाँ मार्केटमा शाखा सञ्चालनमा ल्याएको हो। धरान शाखामा नेपालमै उत्पादन भएका नेपाली ब्राण्डका जुत्ता तथा चप्पल मात्र बिक्रीक...

पीडितको आँसु पुछ्न रियल इस्टेट व्यवसायी एकजुट, प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ३१ लाख

पीडितको आँसु पुछ्न रियल इस्टेट व्यवसायी एकजुट, प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ३१ लाख
योगेन्द्र योगी सुन्दरहरैंचा(मोरङ) : विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट व्यवसायीहरूसँग सहकार्य गरी संकलन गरेको ३१ लाख रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद्को कठिन घडीमा बाढीपीडित नागरिकहरूको पीडामा साथ दिने उद्देश्यले महासंघको पहलमा देशभरका रियल इस्टेट व्यवसायी तथा...

एक वर्षपछि पुनः सञ्चालनमा आयो धरानको भाटभटेनी

एक वर्षपछि पुनः सञ्चालनमा आयो धरानको भाटभटेनी
धरान । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त भएको सुनसरीको धरानस्थित पुतलीलाइनको भाटभटेनी सुपर स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ। पुनः सञ्चालनअघि स्टोर परिसरमा वैदिक परम्पराअनुसार पूजा गरिएको थियो। भाटभटेनीकी सञ्चालक सावित्री घले गुरुङले पूजा गरेपछि स्टोरको पुनः शुभारम्भ गरिएको व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देश...

बाढीपीडितका लागि लायन्सको ३ करोड ८ लाख राहत, उद्धारदेखि पुनःउत्थानसम्म साथ दिने प्रतिबद्धता

बाढीपीडितका लागि लायन्सको ३ करोड ८ लाख राहत, उद्धारदेखि पुनःउत्थानसम्म साथ दिने प्रतिबद्धता
इटहरी | नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा सम्भावित हिमनदी विस्फोटबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःउत्थानका लागि लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) ले २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ८ लाख रुपैयाँ बराबरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ प्रदान गरेको छ। लायन्सका अनुसार उक्त रकम स्थानीय लायन्स क्लबमार्फत प्रभावित परिवारलाई खाद्यान्न, सुरक्षित आश्रय, स्वास्थ्य...

भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि पौने ७ करोड रुपैयाँ निकासा

भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि पौने ७ करोड रुपैयाँ निकासा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले रु ६ करोड ७५ लाख निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार निकासा भएको रकम प्रभावित स्थानीय तहलाई क्षतिको अवस्था र आवश्यकताका आधारमा वितरण गरिनेछ। प्राधिकरणको बिहीबार ...