सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन–२०८३ का लागि सुनसरी क्षेत्र नं. २ बाट आशिष प्याकुरेललाई युवा महाधिवेशन प्रतिनिधिका रूपमा प्रस्तुत हुनु भएको छ ।

३५ वर्षमुनिका युवा प्रतिनिधिका रूपमा प्रस्तुत प्याकुरेलले संगठन सुदृढीकरण, युवा सशक्तीकरण तथा जनताको विश्वासलाई प्राथमिकतामा राख्ने सन्देश दिएका छन्।

“संगठन सशक्त, युवा नेतृत्व, नेपाली कांग्रेसको नयाँ यात्रा” भन्ने नारासहित युवा पुस्ताको सहभागिता र नेतृत्वलाई जोड दिइएको छ।

प्याकुरेलले महाधिवेशनमार्फत पार्टीमा युवा पुस्ताको सहभागिता बढाउँदै संगठनलाई थप सक्रिय, सुदृढ र जनमुखी बनाउनुपर्ने बताएका छन्। उनका अनुसार पार्टीको आगामी यात्रामा युवाको ऊर्जा, क्षमता र नेतृत्वदायी भूमिकालाई प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक छ।

Smart

तपाईको प्रतिक्रिया