दुहबी । वर्षौंदेखि स्थानीयवासीका लागि सपनाजस्तै बनेको सडक अहिले आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दुहबी नगरपालिका–६ का बासिन्दामा खुसी छाएको छ।

दुहबी–६ अन्तर्गत हेमवेय, पशुपति बिस्कुट हुँदै काली मन्दिरदेखि नर्सरीसम्मको सडक कालोपत्रे निर्माण सम्पन्न हुँदै गएपछि लामो समयदेखि धुलो, हिलो र आवागमनको समस्याबाट गुज्रिँदै आएका स्थानीयवासीलाई ठूलो राहत मिल्ने भएको छ।

वर्षौँदेखि बन्न नसकेको सडक कालोपत्रे भएको देख्दा स्थानीयवासीले विकासको अनुभूति गर्न थालेका छन्। सडक निर्माणसँगै यस क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीयस्तरमा विकासको नयाँ आधार तयार भएको देखिन्छ।

स्थानीयवासीका अनुसार लामो समयदेखि प्रतीक्षामा रहेको सडक निर्माणले “सपना पनि पूरा हुँदो रहेछ” भन्ने अनुभूति गराएको छ।

सडक निर्माणका लागि पहल तथा समन्वय गर्ने दुहबी नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम हलुवाईप्रति स्थानीयवासीले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

विकास भाषणमा होइन, परिणाममा देखिनुपर्छ। दुहबी–६ मा निर्माण भइरहेको यो सडक त्यसको एउटा उदाहरण बनेको छ। अब वडाका अन्य विकास निर्माणका कामले पनि निरन्तरता पाउने अपेक्षा स्थानीयवासीको छ।

Smart

तपाईको प्रतिक्रिया