पत्रकारमाथिको धरपकड र गिरफ्तारीविरुद्ध महासङ्घ सुनसरीको धर्ना
इटहरी । पत्रकारमाथि भइरहेको धरपकड, धम्की तथा गिरफ्तारीको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय सुनसरी परिसरमा धर्ना दिएको छ।
‘पत्रकारलाई पटक–पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित बुधबार दिउँसो १ बजेदेखि पत्रकारहरूले करिब एक घण्टा धर्ना दिएका हुन्।
धर्नामा सहभागी पत्रकारहरूले ‘हामी लेख्न छाड्दैनौँ, भाग्दा पनि भाग्दैनौँ’, ‘समाचार लेख्दा सरकार क...









