संखुवासभामा कांग्रेस वडा अधिवेशनको चहलपहल, ४० वडामा सम्पन्न, बाँकी ३६ मा आइतबार

संखुवासभामा कांग्रेस वडा अधिवेशनको चहलपहल, ४० वडामा सम्पन्न, बाँकी ३६ मा आइतबार
संखुवासभा : नेपाली कांग्रेस संखुवासभाको वडा अधिवेशनले जिल्लामा राजनीतिक चहलपहल बढाएको छ। जिल्लाका कुल ७६ वडामध्ये शनिबार ४० वटा वडामा वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार बाँकी ३६ वटा वडामा आइतबार ४ गते वडा अधिवेशन सम्पन्न हुनेछ। जिल्लाका विभिन्न स्थानीय तहमा एकैपटक अधिवेशनको तयारी भएपछि कांग्रेसका नेता तथा कार्यकर्तामा उत...

११ महिनामा बदलिँदै इलाका प्रहरी कार्यालय लेटाङ : अपराध अनुसन्धानदेखि प्रहरीको कार्यसंस्कृतिसम्म प्रहरी निरिक्षक साहको नयाँ अभ्यास

११ महिनामा बदलिँदै इलाका प्रहरी कार्यालय लेटाङ : अपराध अनुसन्धानदेखि प्रहरीको कार्यसंस्कृतिसम्म प्रहरी निरिक्षक साहको नयाँ अभ्यास
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : प्रहरी कार्यालयको मूल्याङ्कन केवल कति मुद्दा दर्ता भए र कति पक्राउ परे भन्ने तथ्यांकबाट मात्र हुँदैन। प्रहरीको अनुसन्धान शैली कति आधुनिक भयो, नागरिकले प्रहरीलाई कति नजिक महसुस गरे र स्वयं प्रहरी कर्मचारीले काम गर्ने वातावरण कति व्यवस्थित बन्यो—यी प्रश्नले पनि प्रहरी कार्यालयको कार्यसम्पादनको तस्वीर देखाउँछन्। यही कोणबाट हेर्दा इलाका प्रहरी कार्यालय लेटाङका ...

सुन्दरहरैंचाका २४ विद्यालय सहभागी हुने ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै

सुन्दरहरैंचाका २४ विद्यालय सहभागी हुने ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै
सुन्दरहरैंचा (मोरङ) : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचा नगर समितिको आयोजनामा ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाभित्रका २४ वटा निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २०८३ साल असोज ४ गते प्रतियोगिता आयोजना ...

विद्यार्थीको दिमागी दौडमा लभ्ली एन्जल्स अगाडि, सुन्दरहरैँचामा भव्य क्विज सम्पन्न

विद्यार्थीको दिमागी दौडमा लभ्ली एन्जल्स अगाडि, सुन्दरहरैँचामा भव्य क्विज सम्पन्न
सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचामा अन्तरविद्यालयस्तरीय ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ सम्पन्न भएको छ। सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरी क्षेत्रका गरी २६ विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा रहेको ज्ञान, सिर्जनात्मक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाक...

१५ वर्ष कांग्रेसमा खटिएका कुन्दन अब नगर उपसभापतिको दौडमा

१५ वर्ष कांग्रेसमा खटिएका कुन्दन अब नगर उपसभापतिको दौडमा
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा मोरङको सुन्दरहरैंचा नगरपालिकामा पार्टीको आन्तरिक राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। अधिवेशनको माहोल तातिँदै गर्दा विभिन्न पदमा आकांक्षीहरूले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन्। यही क्रममा नेपाली कांग्रेस सुन्दरहरैंचाको नगर उपसभापति पदमा कमल ढुंगाना ‘कुन्दन’ले बलियो दावेदारी प्रस्तुत गरेका छन्। कुन्दन ढुंगाना कांग्रेसको...

सुन्दरहरैंचा कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी घोषणा

सुन्दरहरैंचा कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी घोषणा
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङको सुन्दरहरैंचा नगरपालिकामा पार्टीको नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन्। नगर सभापति बन्ने आकांक्षासहित होमनाथ पोखरेल, हरि पौडेल, रञ्जित कार्की, कृष्णप्रसाद भट्टराई र दिलिप थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणासँगै नगर कांग्रेसभित्र आगामी नेतृत्वलाई लिएर राजनीतिक सरगर्मीसमेत बढे...

मोरङका ५ रास्वपा सांसदले बुझाएनन् सम्पत्ति विवरण

मोरङका ५ रास्वपा सांसदले बुझाएनन् सम्पत्ति विवरण
सुन्दरहरैंचा(मोरङ) : आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण नबुझाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको सूचीमा मोरङका पाँच सांसद परेका छन्। रास्वपाले सार्वजनिक गरेको विवरणअनुसार मोरङबाट निर्वाचित आशा झा, कृष्णकुमार कार्की, यज्ञमणि न्यौपाने, रविना आचार्य र सन्तोष राजवंशीले उक्त आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउन बाँकी रहेको उल्लेख छ। मोरङमा रास्वपाबाट प्रतिनिधिसभाका ६ निर्वाचन क्...

ईश्वरपुरमा विकासको नयाँ गति : शान्तिपुर सडक कालोपत्रे हुँदै, नगरप्रमुख आचार्यको पहलमा पूर्वाधार निर्माणले पायो तीव्रता

ईश्वरपुरमा विकासको नयाँ गति : शान्तिपुर सडक कालोपत्रे हुँदै, नगरप्रमुख आचार्यको पहलमा पूर्वाधार निर्माणले पायो तीव्रता
योगेन्द्र योगी ईश्वरपुर (सर्लाही) : वर्षौंदेखि धुलो, हिलो र असहज यात्राको पीडा भोग्दै आएका ईश्वरपुरवासीका लागि पछिल्लो समय विकास निर्माणका कामले आशाको नयाँ बाटो देखाउन थालेको छ। नगरपालिकाभित्र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै अघि बढाइएका विभिन्न योजनामध्ये शान्तिपुर सडकखण्डको स्तरोन्नति, मर्मत तथा कालोपत्रे गर्ने कामले अहिले तीव्रता पाएको छ। नगरप्रमुख मनोजकुमार आचार्यको विशेष पहलमा शान्तिप...

खाजा थालमै छाडेर घटनास्थल दौडिन्छन् गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार, गछियाको सुरक्षामा २४ सै घण्टा प्रहरी पहरा

खाजा थालमै छाडेर घटनास्थल दौडिन्छन् गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार, गछियाको सुरक्षामा २४ सै घण्टा प्रहरी पहरा
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : प्रहरीको पोसाक लगाउनु मात्र कर्तव्य पूरा गर्नु होइन, नागरिकको सुरक्षा र शान्तिका लागि जुनसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा उभिनु हो। यही मान्यतालाई व्यवहारमै आत्मसात् गर्दै आफ्नो जिम्मेवारीप्रति समर्पित भएर काम गर्ने प्रहरी अधिकारीका रूपमा मोरङको सुन्दरहरैंचा–७ स्थित गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार पछिल्लो समय स्थानीयमाझ परिचित हुँदै गएका छन्। ...

रवि लामिछानेलाई सामाजिक अभियन्ता चम्लागाईंको खुला पत्र : ‘अब बोलीभन्दा काम ठूलो बनाउनुहोस्’

रवि लामिछानेलाई सामाजिक अभियन्ता चम्लागाईंको खुला पत्र : ‘अब बोलीभन्दा काम ठूलो बनाउनुहोस्’
आदरणीय रवि दाइ, म तपाईंको समर्थक हुँ। तपाईंले उठाउँदै आउनुभएको जनताको आवाज, सुशासन र परिवर्तनको नाराप्रति मेरो पनि विश्वास छ। त्यसैले यो पत्र विरोध वा आलोचनाका लागि होइन, एक समर्थक, सचेत नागरिक र शुभेच्छुकका रूपमा केही गम्भीर प्रश्न र अपेक्षा राख्न लेख्दैछु। रवि दाइ, जनताले तपाईंलाई दिएको मत केवल एउटा राजनीतिक दल वा व्यक्तिलाई दिएको मत होइन। त्यो परिवर्तन हुन्छ, व्यवस्था सुध्रिन्छ, भ्रष्टाचार घ...