इटहरी । जेसीज वर्ष २०२६ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन आयोजित दन्त शिविर भव्य रूपमा सम्पन्न भएको छ। शिविरमा ६० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता जेसीज वर्ष २०२६ का अध्यक्ष मिलन गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा डा. मेघा केसीको उपस्थिति रहेको थियो।

दन्त शिविरको मुख्य उद्देश्य दाँत तथा मुखको स्वास्थ्य परीक्षण गर्नु, दाँतसम्बन्धी रोगबारे जनचेतना फैलाउनु, नियमित दाँत सफा गर्ने बानीको विकास गर्नु तथा दाँतको उचित हेरचाह र सरसफाइसम्बन्धी जानकारी प्रदान गर्नु रहेको थियो। साथै, दाँतमा देखिने समस्या समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउने लक्ष्यसमेत राखिएको थियो।

कार्यक्रमको संयोजन योगेश गिरीले गर्नुभएको थियो भने समग्र कार्यक्रमको मूल संयोजन लीला मणि खड्का (सरोज) ले गर्नुभएको थियो।

जेसीजले सप्ताहव्यापी कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना तथा सामुदायिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

तपाईको प्रतिक्रिया