इटहरीमा इस्ट्रन मलाया क्याफे सञ्चालनमा, नेवारी स्वादसँगै भक्तपुरको मौलिक जुजु धौ पनि
इटहरी । नेवारी समुदायको उल्लेख्य बसोवास रहे पनि मौलिक नेवारी परिकार सहज रूपमा उपलब्ध हुन नसकेको अवस्थामा इटहरीमा नयाँ Eastern Malaya Cafe (इस्ट्रन मलाया क्याफे) सञ्चालनमा आएको छ । अन्य क्याफेभन्दा फरक स्वाद र स्थानीय मौलिक परिकारलाई प्राथमिकता दिँदै क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा विशेषगरी नेवारी खाना सेटसँगै विभिन्न स्थानीय तथा मौलिक परिकार उपलब्ध हुनेछन् । क्याफेको अर्को विशेष आकर्षण...

