
इटहरी । नेवारी समुदायको उल्लेख्य बसोवास रहे पनि मौलिक नेवारी परिकार सहज रूपमा उपलब्ध हुन नसकेको अवस्थामा इटहरीमा नयाँ Eastern Malaya Cafe (इस्ट्रन मलाया क्याफे) सञ्चालनमा आएको छ । अन्य क्याफेभन्दा फरक स्वाद र स्थानीय मौलिक परिकारलाई प्राथमिकता दिँदै क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा विशेषगरी नेवारी खाना सेटसँगै विभिन्न स्थानीय तथा मौलिक परिकार उपलब्ध हुनेछन् । क्याफेको अर्को विशेष आकर्षणका रूपमा भक्तपुरको मौलिक जुजु धौ समेत उपलब्ध गराइएको छ ।
‘परम्पराको स्वाद, शुद्धताको विश्वास’ भन्ने अवधारणासहित ल्याइएको जुजु धौ भक्तपुरको मौलिक स्वादमा तयार गरिएको सञ्चालकले बताएका छन् । परम्परागत माटोको भाँडामा तयार गरिएको जुजु धौ स्वादिलो, पौष्टिक र प्राकृतिक रूपमा तयार हुने भएकाले ग्राहकले इटहरीमै भक्तपुरको मौलिक स्वाद लिन सक्नेछन् ।

क्याफे सञ्चालनका लागि करिब ६० लाख रुपैयाँ लगानी गरिएको छ। इस्ट्रन मलाया क्याफेका सञ्चालकमा राजेन्द्र बगाले थापा र उमेश कार्की रहेका छन् । छथर–५, ओख्रे निवासी हाल इटहरीमा बसोवास गर्दै आएका राजेन्द्र बगाले थापा सफल युवा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित थापाले आफ्नो व्यवसायलाई थप विस्तार गर्दै क्याफे सञ्चालनमा ल्याएका हुन् । क्याफेले स्थानीय खानालाई प्रवर्द्धन गर्नुका साथै नेवारी संस्कृतिसँग जोडिएका मौलिक परिकारलाई इटहरीमा सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ । विशेषगरी नेवारी खाना सेट, जुजु धौलगायतका मौलिक स्वादले ग्राहकलाई अन्य क्याफेभन्दा फरक खानाको अनुभव दिने अपेक्षा गरिएको छ । इटहरी-१, धरान लाइनमा रहेको Eastern Malaya Cafe मा एकपटक पुगेर भक्तपुरको मौलिक जुजु धौसहित नेवारी तथा स्थानीय परिकारको स्वाद लिन सकिने छ ।







