पथरी | मोरङको पथरी शनिश्चरेस्थित Laxmi Automobiles – TVS Pathari ले सञ्चालन गरिरहेको ‘अचम्मैको डिल’ TVS एक्सचेन्ज क्याम्पमा दुई दिनमा कुल १६ वटा सवारीसाधन बिक्री भएका छन् भने १० वटा पुराना सवारीसाधन एक्सचेन्ज गरिएका छन्।
असोज २३ गतेदेखि शिवालय मन्दिर अगाडि, मन्दिर लाइनमा सुरु भएको क्याम्पको पहिलो दिन ९ वटा सवारीसाधन बिक्री भएका थिए भने ५ वटा पुराना सवारीसाधन एक्सचेन्ज भएका थिए। दोस्रो दिन थप ७ वटा सवारी बिक्री हुँदा ५ वटा पुराना सवारीसाधन एक्सचेन्ज भएका छन्।
क्याम्पअन्तर्गत ग्राहकले पुरानो बाइक वा स्कुटर साटेर नयाँ TVS सवारीसाधन खरिद गर्न सक्नेछन्। कम्पनीले अफरमा १० लाख रुपैयाँसम्म नगद छुट, खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक, TVS Golden Key मार्फत विशेष उपहार जित्ने अवसर तथा दैनिक लक्की ड्रको व्यवस्था गरेको छ।
त्यस्तै, पाँच वर्षसम्म निःशुल्क सर्भिस, निःशुल्क हेल्मेट, पुरानो सवारीसाधनको उच्च मूल्यांकन र सहज फाइनान्स सुविधासमेत उपलब्ध गराइएको छ।
कार्तिक १ गतेसम्म सञ्चालन हुने क्याम्पमा सहभागी भई ग्राहकले पुरानो सवारीसाधन एक्सचेन्ज गरेर नयाँ TVS खरिद गर्न सक्नेछन्। थप जानकारीका लागि Laxmi Automobiles – TVS Pathari का सञ्चालक अन्जान श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ।







