इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा सञ्चालन भइरहेको Bajaj को ‘दशैं धमाका–Game of Power’ एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण बढ्दै गएको छ। पुरानो मोटरसाइकलको उचित मूल्यांकन गराएर नयाँ Bajaj मोटरसाइकल खरिद गर्ने अवसर पाएपछि ग्राहकहरू उत्साहित देखिएका छन्।

इटहरीको पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडि सञ्चालन भइरहेको मेलामा सुनसरीसँगै उदयपुरलगायत विभिन्न स्थानबाट ग्राहकहरू पुराना मोटरसाइकल लिएर पुगिरहेका छन्। मेलामा पुरानो मोटरसाइकलको मूल्यांकन गराउने, एक्सचेन्ज सुविधा लिने र नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकको सहभागिता बढ्दै गएको आयोजकले जनाएको छ।

दशैंमा नयाँ मोटरसाइकल चढ्ने चाहना राखेका ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको मेलामा पुरानो मोटरसाइकलको उच्चतम मूल्यांकन, न्यूनतम ईएमआई, तत्काल फाइनान्स सुविधा र निःशुल्क हेल्मेट लगायतका सुविधा उपलब्ध गराइएको छ।

मेलामा आएका ग्राहकले पुरानो मोटरसाइकलको मूल्यांकन गराएर आफूलाई मनपर्ने नयाँ Bajaj मोटरसाइकल छनोट गर्न सक्नेछन्। दशैंको किनमेलसँगै नयाँ मोटरसाइकल खरिद गर्न चाहनेका लागि मेला आकर्षक गन्तव्य बनेको छ।

मेला सञ्चालक जयन्त सन्थलियाका अनुसार दशैंको अवसरमा ग्राहकलाई पुरानो मोटरसाइकलको उचित मूल्यांकनसहित नयाँ मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले मेला सञ्चालन गरिएको हो। ग्राहकको उत्साहजनक सहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको उनले बताए।

Bajaj को ‘दशैं धमाका–Game of Power’ एक्सचेन्ज मेला असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ। पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न इच्छुक ग्राहकले इटहरी पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडिको मेला स्थलमा पुगेर उपलब्ध सुविधा तथा अफरबारे जानकारी लिन सक्नेछन्।

Smart

तपाईको प्रतिक्रिया