इटहरी । घटस्थापना २०८३ को पावन अवसर पारेर असोज २५ गतेदेखि शुभ पाथिभरा इन्टरप्राइजेज सञ्चालनमा आएको छ। ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक्स तथा घरायसी सामग्री एउटै ठाउँमा उपलब्ध गराउने उद्देश्यले इन्टरप्राइजेज सञ्चालनमा ल्याउन लागिएको सञ्चालक निरोज खड्काले जानकारी दिएका छन्।

सञ्चालक खड्काका अनुसार इन्टरप्राइजेजमा स्मार्ट टीभी, फ्रिज, वासिङ मेसिन, एसी, मिक्सर, राइस कुकर, इन्डक्सन, इलेक्ट्रिक केटल, ओभन, एयर कुलर, गिजर, स्पिकर, फ्यानलगायतका विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी सामग्री उपलब्ध हुनेछन्।

इन्टरप्राइजेजमा KONKA, Genus, VOLTA, SINERGY, JA SOLAR, SAP, TUFFAN, ELITO, TEKPOWER र Solis लगायतका ब्रान्डका सामग्रीसमेत उपलब्ध हुने जनाइएको छ।

ग्राहकलाई सहज र सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्यसहित इन्टरप्राइजेजले होलसेल तथा खुद्रा बिक्रीको व्यवस्था गरेको छ। उचित मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनुका साथै ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवासमेत प्रदान गरिने सञ्चालक खड्काले बताए।

घर तथा कार्यालयका लागि आवश्यक इलेक्ट्रोनिक्स र घरायसी सामग्री खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा आउन लागेको शुभ पाथिभरा इन्टरप्राइजेजले एकै स्थानबाट विभिन्न प्रकारका सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ।

घटस्थापनाको दिन विशेष उद्घाटन समारोहसहित सेवा सुरु सहित गरिएको इन्टरप्राइजेजले नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा ग्राहकलाई सहज खरिदको सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।

Smart

तपाईको प्रतिक्रिया