नेपाल प्रेस युनियन सुनसरी शाखाको पहिलो बैठक सम्पन्न, विभिन्न जिम्मेवारी बाँडफाँट
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा भेटघाट–अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बैठकले शाखालाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै पत्रकारहरूको व्यावसायिक हकहित, क्षमता विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भएर काम गर्ने निर्णय गरेको छ।
नेपाल प्रेस युनियन सुनसरी शाखाका नवनिर्वाचित अध्यक्ष मातृका प्रसाद नेपालको अध्यक्षता तथा ने...



