इटहरी । इटहरीस्थित TVS को आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा ‘TVS मा अपग्रेड हुनलेलाई आफ्नै DEAL’ विशेष एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ। मेलामा ग्राहकहरूको उल्लासमय सहभागितासँगै सवारीसाधन बिक्री वितरण भइरहेको छ।

भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गरिरहेका छन्। मेलामा पुरानो सवारीसाधनको उच्च मूल्यांकन, आकर्षक नगद छुट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ।

मेलाको चौथो दिनसम्ममा २६ वटा भन्दा बढी TVS सवारीसाधन बिक्री भइसकेको पारस अटोमोबाइल्सले जनाएको छ।

मेलाअन्तर्गत फाइनान्स सुविधाका लागि नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ। ग्राहकले दैनिक रु. १२४ देखि EMI मा नयाँ TVS सवारीसाधन खरिद गर्न सक्ने जनाइएको छ। नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत उपलब्ध गराइएको छ।

उच्च मूल्यांकन, सहज फाइनान्स तथा आकर्षक सुविधासहित नयाँ सवारीसाधन खरिद गर्न पाउँदा आफूहरू खुसी भएको ग्राहकहरूले बताएका छन्।

ग्राहकहरूको चाहनाअनुसार सेवा–सुविधा उपलब्ध गराउँदै सवारीसाधन बिक्री भइरहेको पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलले बताउनुभयो।

TVS का विभिन्न मोटरसाइकल तथा स्कुटरका मोडलमा लागू हुने उक्त एक्सचेन्ज मेलाले पुरानो सवारीसाधन साटेर नयाँ सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई विशेष अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

मेला अवधिभर ग्राहकले आफ्नो पुरानो सवारीसाधनको मूल्यांकन गराई नयाँ TVS सवारीसाधन खरिद गर्न सक्नेछन्।

Smart

तपाईको प्रतिक्रिया