रसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्ता
काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीलाई अनिश्चित समयका लागि पूर्ण रूपमा ठप्प बनाएको छ। बाढीका कारण चीनबाट नेपालतर्फ सामान बोकेर आउँदै गरेका ५०० भन्दा बढी कन्टेनर बाढीको भेलमा बगेपछि बेपत्ता भएका छन्।
यस घटनाले नेपालको आपूर्ति व्यवस्थामा ठूलो असर पार्ने देखिएको छ। विशेषगरी नजिकिँदै गरेका दशैं, तिहारलगायतका ठूला चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याइ...





