रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, ५७९ जना पर्यटक
काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन भएका हुन् ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना रहेका छन् । त्यस्तै ५७९ जना पर्यटक पनि बाढीपछि सम्पर्कविहीन भएक...






