इटहरी । नेपाली कांग्रेस सुनसरीका जिल्ला उपसभापति नगेशचन्द्र राई १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्ने भएका छन्। राई सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट आदिवासी जनजाति कोटामा उम्मेदवार बन्न लागेका हुन्।
सरल स्वभाव, मिलनसार व्यवहार र कार्यकर्तासँग सहज रूपमा घुलमिल हुन सक्ने नेताका रूपमा परिचित राई कांग्रेस संगठनमा सक्रिय रहँदै आएका छन्। पार्टीभित्र सबैसँग समन्वय गरेर अघि बढ्ने राईको स्वभावलाई उनका शुभेच्छुकहरूले उनको विशेषताका रूपमा लिने गरेका छन्।
जिल्ला उपसभापतिको जिम्मेवारीमा रहेर पार्टी संगठनमा भूमिका निर्वाह गर्दै आएका राईको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीलाई सुनसरी क्षेत्र नम्बर २ को कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ।
सरल स्वभाव, आत्मीय व्यवहार र संगठनप्रतिको प्रतिबद्धतालाई आफ्नो पहिचान बनाएका राई आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा जुटेका छन्।







